औपचारिकता पुरा गर्नकै लागी भएपनि आज विज्ञान दिवस मनाइँदै

तस्बिर: ASCOL को साईटबाट

१,असोज/काठमान्डौ: पब्लिक साईन्स कलेज (PUSCOL) को नाउँबाट स्थापना गरिएको बिज्ञान कलेजलाई पछी संस्थापक अमृत प्रसाद प्रधानको नाउँ राखे पश्चात अमृत साईन्स कलेज (ASCOL) भएको हो भने पुर्व प्रधानमन्त्री बाबुराम भटराई देखि चर्चित नेता कमल थापाहरु समेत अमृत साईन्स कलेज (ASCOL) को उत्पादन हुन ।

क्याम्पस जन्मेको दिन पारेर बिज्ञान दिबस मनाउनु पर्छ भन्ने प्रस्ताब बाबुराम भटराई सरकारले पारित गरे पछी उक्त दिनबाट नेपाल पनि बिज्ञान दिबस मनाउन सुरु गरिएको हो र त्यसै सन्दर्भमा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान विषयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी, हाजिरी जवाफ प्रतियोगिताका विजयी समूह र यस वर्षका लागि विज्ञान दिवसको नारा लेख्ने दुई जनालाई पुरस्कृत गरेर विज्ञान दिवस मनाउन लागेको छ, तर अन्तर्राष्ट्रिय स्तरमा भने संयुक्त राष्ट्रसङ्घीय संस्था युनेस्कोको पहलमा सन् २००२ देखि प्रत्येक वर्ष नोभेम्बर १० लाई ‘विज्ञान दिवस’को रूपमा मनाउने गरिएको छ ।

पाँच वर्षअघि सुरु गरिएको विज्ञान दिवस नागरिक स्तरसम्म पुग्नै सकेको छैन । सम्भवतः त्यही कारण सरकार र नागरिक स्तरबाट समेत यसलाई खासै महत्व दिइएको छैन “विज्ञान क्षेत्रको विकासका लागि पर्याप्त बजेटनै छैन तर हामीलाई यो एउटा महत्वपूर्ण क्षेत्र हो भनेर सकारात्मक बनाउने चुनौती छ । ” विज्ञान क्षेत्र उपेक्षामा परेको गुनासो गर्दै विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सञ्जय शर्माले बताए ।

सरकारले चालू आर्थिक वर्षमा विज्ञान मन्त्रालयका लागि करिब एक अर्ब २० करोड रुपियाँ बजेट विनियोजन गरेको छ । सो विनियोजित बजेटको करिब ९० प्रतिशत रकम कर्मचारीको तलबभत्ता र प्रशासनिक प्रयोजनमा नै खर्च हुने गरेको छ ।

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu