साम्सुंग ग्यालेक्सी ८ नेपालमा पनि सार्बजनिक

२,असोज/काठमान्डौ: १ लाख तिन हजार पर्ने साम्सुंग ग्यालेक्सी नोट ८ लाई  अधिकृत विक्रेता सामसङ इलेकट्रोनिक्सले आज  नेपालमा पनि सार्वजनिक गरेको छ ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको नोट ८ मा १२ मेगा पिक्सेलको डुयल क्यामरा र ८ मेगा पिक्सेलको फ्रन्ट क्यामरा रहेको छ भने एन्ड्रोएड ७.१ अपरेटिङ सिस्टम रहेको नोट ८ मा ग्राहकको आवश्यकताअनुसारका विशेषता रहेको नेपाल कार्यालयका डेपुटी जनरल म्यानेजर प्रणयरत्न स्थापितले बताएका छन ।

आगामी असोज २४ गतेदेखि बजारमा उपलब्ध हुने नोट ८ को बजार मुल्य   १ लाख ३ हजार रुपैयाँ रहेको छ र बैंकमार्फत् किस्ताबन्दी योजनामासमेत खरिद गर्न सकिने भनेर कम्पनीले जनाएको छ ।

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu