आयो आजको पिरोमा अति पिरो जिरे खुर्सानी (भिडियो)

रोकिएको हास्य टेलिशृंखला ‘जिरे खुसार्नी’ पुनः नेपाल टेलिभिजनमै प्रसारण भएको छ । शृंखलाका निर्देशक तथा प्रमुख अभिनेता जितु नेपाल (मुन्द्रे)ले जिरे खुसार्नी अब हरेक बिहीबार साँझ पौने ९ बजे हेर्न पाइने जानकारी दिए ।

पहिला जिरे खुसार्नी जितु र शिवहरि पौडेलले संयुक्त रूपमा निर्देशन गर्दथे । अब भने जितु एक्लैले निर्देशन गर्नेछन् । शिवहरि अन्यत्रै लागेकाले हाललाई उनी शृंखलामा देखिने छैनन् ।

नेपाल टेलिभिजनबाट एघार वर्ष पहिलेदेखि प्रसारणमा आएको लोकप्रिय हास्य टेलिसिरियल जिरे खुर्सानी कमेडी सिरियल आज बिहीबारदेखि प्रत्येक साता राति ८ः४५ मा नेपाल टेलिभिजनमार्फत् प्रसारण हुनेछ।

अबको जिरे खुर्सानी राजनीतिक र समसामयिक विषयवस्तुलाई व्यङ्यमा उतारेर निर्माण गरिने र परिस्थितिअनुसार विषयमा परिवर्तन गर्दै लैजाने जितुले खुलाए। ‘पहिले सोमबार आउने सिरियल अहिले बिहीबार प्रसारण हुन लागेको छ।

जुन समय भनेको पहिले तितो सत्य प्रसारण हुने गरेको दिन हो। जिरे खुर्सानीप्रति दर्शकको प्रतिक्रिया हेर्दा फेरि पनि दर्शकले जिरे खुर्सानीलाई साथ दिनुहुन्छ भन्ने आशा गरेको छु जितु भन्छन्– ‘मैले जिरे खुर्सानीको पुनः प्रसारणका बारेमा फेसबुकमा राखेको सामग्रीप्रति दर्शकहरूको उत्साहपूर्ण प्रतिक्रियाले पनि यसले दर्शकको राम्रो साथ पाउने आशा राखेको छु।’

सिरियलमा जितु नेपालको साथमा राजाराम पौडेल, सविता गुरुङ, शिवहरि वैरागी, देवीराम पराजुलीलगायत अन्य केही नयाँ कलाकारको अभिनय रहनेछ।

CLICK HERE TO WATCH JIREKHURSANI 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu