राउटेसँग केहिदिन बिताएकी विदेशी महिला उनीहरुको दु:ख–पीडा देखेर भक्कानिएर रोइन् (भिडियो)

राउटेहरू नेपालको लोपोन्मुख आदिवासीहरू हुन्। मध्य–पश्चिमको सल्यान तथा आसपासका जिल्लामा फिरन्ते जीवन बिताउने यिनिहरूको आफ्नै तिब्बतबर्मेली भाषा छ तर यिनीहरू नेपाली भाषा राम्रोसँग बोल्न साथै बुझ्न सक्दछन्। बादरको सिकार गर्ने र कन्दमुल, फलफूल र अन्य वनस्पति खाएर बाच्ने गर्दछन। विशेष गरेर राउटे जातिले लठ्ठी-लौरो बाजा, मजिरा, मादल र ढ्याङग्रो बाजा प्रयोग गरेको देखिन्छ।

यिनीहरूको खास क्षेत्र कर्णाली, महाकाली, सेती, भेरी र राप्ती अञ्चलका पहाडी जंगल, भीर र ओढार हुन्। यिनीहरू मुख्यरूपले मध्य–पश्चिमको सल्यान तथा आसपासका सुर्खेत,दाङ्ग,जाजरकोट र दैलेख जिल्लामा जंगली क्षेत्रमा विचरण गर्दछन।

फिरन्ते जीवनशैली भएका राउटेहरू विभिन्न जंगलहरूमा बसाइँ गर्दै बस्दै गर्छन। जंगलमा पुगी काठका कोषी मदुस बनाईत्यसलाई गाँउमा गएर अन्न पातसँग साटेर जिविका धान्ने गर्छन्। दिनभर काठका सामाग्री निर्माण गर्नु, बाँदरको शिकार गर्नु, माग्नका लागि नजीकका गाउँमा पुग्नु उनीहरूको दिनचर्या हो। आफूले बनाएको काठको भाँडा बोकेर अन्न साट्न गाउँमा पुग्ने र फर्केर आउन भ्याउने समय अन्दाज गरेर यिनीहरू वासको प्रबन्ध गर्छन्। वनको हरियो स्याउला र घोचाहरूद्वारा गोलाकार र अण्डाकार छाप्रो वरिपरि बनाएर बीचमा केटाकेटी खोल्ने र आइमाइले धान कुट्ने, निफन्ने आदि सम्म परेको ठाउँ राख्छन्। छाप्रो बनाउने कार्य महिलाले गर्छन्।

कर तिरो तिरेर खेतीपाती गरेर, गाउँमा बस्नुलाई र अर्काको सित्तैमा खानुलाई अपराध सम्झन्छन्। बाटो लागेपछि पछाडि फर्केर खोला वा तालको पानी खाँदैनन्, मूलको मात्र खान्छन्। सम्पत्तिका रूपमा यिनीहरूसँग पकाउने भाँडा, दाउरा काट्ने र शिकार गर्ने केही हतियारमात्र हुन्छन्। सर्ट, पेन्ट लगाएको मानिस भेट भए शिकार पर्दैन भन्ने यिनीहरूको विश्वास छ। शिकार नपर्नुलाई ईश्वर रिसाएको ठान्छन्।

राउटेसँग सम्बन्धित वृतचित्र बनाउन केहिदिन बिताएकी उनीहरुको जनजीवन राम्रोसँग नियालेकी उनीहरुको दु:ख पिडा देखेकी बिदेशी महिलाले राउटेहरुको दु:खमा आफ्नो आसुँ थाम्न सकिनन्।र उनी रुन पुगिन्।

हेर्नुस् पुरा भिडियो।

प्रकाशित मिति : २०७४ असोज १७,मंगलबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu