आइफोन आठ प्लस किन्ने सोचमा हुनुहुन्छ ? विचार गर्नुस्, जापान र ताइवानमा यस्तो भयो …

आइफोन आठ र आठ प्लस बजारमा आइसकेको छ।आइफोनका अघिल्ला मोडलहरुमा भन्दा यि फोनहरुमा के नयाँपन छ भन्ने मानिसहरुमा उत्सुकता रहेको र किनेर प्रयोग गरिरहेकाहरुमा भने उत्सुकता मेटिइसकेको छ।

आइफोन आठ र आठ प्लस बजारमा आएसँगै यसमा थपिएका नयाँपन र सुविधाहरुको बारेमा चर्चा चलिरहेको छ भने, आइफोन आठ प्लस पड्किएको समाचार भाइरल भईरहेको छ।

ताइवानमा आइफोन आठ प्रयोगकर्ताले चार्ज गरिरहेको अवस्थामा आफ्नो आइफोन आठ प्लस फुटेको खबर सार्वजनिक गरे।नयाँ किनेको आइफोन आठ प्लस पाँच दिनसम्म प्रयोग गरेपछि चार्ज गरिरहेकै अवस्थामा फुटेको फोटो ट्विटरमा सार्वजानिक गरे। ब्याट्रि फुलेर आइफोन फुटेको बताइएको छ।

अर्को घटना जापानको हो- आइफोन आठ प्लस प्रयोगकर्ताको दाबी छ उनको फोनको ब्याट्रि फुलेर आइफोनको भित्री भाग खुल्ला भयो ।

प्रकाशित मिति : २०७४ असोज १७ मंगलबार 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu