इजरायलमा ‘तिहार सांगितिक साँझ २०७४’ को आयोजना हुने

कुमार आङदेम्बे-अन्तराष्ट्रिय कलाकार मन्च इजरायल शाखाको आयोजना र अन्य विभिन्न दश संघ-संस्थाहरुको सह-आयोजनामा नेपालीहरुको महान् चाड तिहारको  अवसर पारेर अक्टोबर २० तारिख शुक्रवार तिहार सांगितिक साँझ २०७४’ को आयोजना हुँदैछ।

 

तेलअभिबको हागाना स्थित बेतबारबर हलमा हुने उक्त कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरु लोक गायिका ज्योति मगर र पप गायक नवराज बस्नेतले कार्यक्रमलाई भव्य मनोरञ्जनात्मक बनाउने साथैं इजरायलमा कार्यरत स्थानीय कलाकारहरुले दिने विभिन्न किसिमका सांगितिक प्रस्तुतिले कार्यक्रम भव्य रमाइलो हुनेछ।

कार्यक्रम मनोरञ्जनात्मक मात्रै नभई सामाजिक सद्भावको लागी पनि हो।चाडपर्वमा घर- परिवार देखी टाढा रहनुपर्दाको पिडा र एक्लोपनलाई पारिवारिक र रमाईलो वातावरणमा हुने कार्यक्रमले भरपूर मनोरञ्जन दिलाउनेछ।

कार्यक्रमबाट संकलित रकम नेपालको सामाजिक क्षेत्रमा खर्च गरिने हुदाँ उपस्थितिको लागी इजरायलमा कार्यरत सम्पूर्णमा अनुरोध छ।

प्रकाशित मिति : २०७४ असोज १८,बुधबार  

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu