इजरायलमा नेपाल सम्बत् र म्ह:पुजा भव्यताका साथ मनाइदै,उपस्थितको लागि इजरायलवासी नेपालीहरुमा नेवा खल:को अनुरोध

शंखधर साख्वाको नाममा प्रकाशित हुलाक टिकट

नेपाल भाषा ,लिपि , धर्म र संस्कृति संरक्षण तथा सम्बर्द्धन गरौ भन्ने मूल नाराको साथ् नेवा खल: इजरायलले नेपाल र नेपालीको गौरव: राष्ट्रको नामबाट रहेको विश्वको एक मात्रै ‘नेपाल संवत्’ ११३८ को स्वागत गर्न एक बिशेष कार्यक्रम आयोजना गर्दैछ ।

उक्त कार्यक्रममा नेवा खल: इजरायलले आयोजना गरेको नेवा राष्ट्रिय पोशाक प्रतियोगिताका बिजयी एबम सहभागीहरुलाई पुरस्कार एवम् प्रमाणपत्र वितरण पनि गर्ने कार्यक्रम रहेको नेवा खल: इजरायलका सल्लाहकार नरेशकुमार श्रेष्ठले जानकारी दिए ।
नेपाल सम्बतको स्वागतको साथमा नेवार समुदायको अति नै महत्वपूर्ण चाड म्ह: पुजाको पनि आयोजना गरिदैछ ।

उक्त कार्यक्रममा सहभागी भै कार्यक्रमलाई भव्यताका साथ सफल बनाइदिनको लागि इजरायलवासी नेपालीहरुमा नेवा खल: इजरायलले हार्दिक अनुरोध गरेको छ ।

हेर्नुस नेवा खल: इजरायलले जारी गरेको सुचना

नेपालीहरुको राष्ट्रीय सम्बत नेपाल सम्बत ११३८ नया बर्ष तथा राष्ट्रीय चाड़ स्वंन्ति नख: म्ह:पुजा सांस्कृतिक कार्यक्रम र नेवा राष्ट्रीय फ़ोटो प्रतियोगीता विजेताहरू तथा सहभागी प्रतियोगीहरू सबैलाई सहभागिताको प्रमाण वितरण
साथै हाम्रो नेपाली मौलिक राष्ट्रीय नेपाली ११३८ र नेपाली राष्ट्रीय म्ह पुजा कार्यक्रमको लागी आर्थिक सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिन्दै सोही दिन सहयोगीहरुको सम्मानमा क़दर पत्र प्रदान गरीने हुनाले अनिवार्य रुपमा पस्थित भै क़दर पत्र ग्रहण गरी दिन हुन हार्दिक अनुरोध गर्दा छौ ।

साथमा स्वन्ति नख न्हू दँ तथा तिहारको पावन अवसरमा हुन गई रहेको शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित भै प्रसाद ग्रहणको लागी यहाँहरू सबैमा हार्दिक चूल्ल्है निम्तो छ ।
प्रचार विभाग म्ह:पुजा ग्वसा खल:
नेवा खल: ईजराइल तेल अभिभ

कार्यक्रम :-
मिति : २० अक्टोबर २०१७ , सुक्रबार,
समय: बेलुकी ६ बजे
स्थान : हादासा तखना मर्काजित तेस्रो तला (एभरेस्ट डिस्को क्लब)

प्रकाशित मिति २०७४ असोज २० शुक्रवार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu