केपी ओलीले भने -देवी ज्ञवालीले चितवनमा प्रचण्डको चुनाव प्रचार गर्छन् (भिडियो)

यतिबेला नेपाली राजनिति बाम एकताले धपक्कै बलेको छ।एमाले,माओवादी केन्द्र र नयाँ शक्ति लगायतका केहि दलहरुले चुनावी गठबन्धन गरेको छन्। र उनीहरुले चुनावपछि पार्टी एकता गर्ने सम्मका खाका सार्वजनिक गरिसकेका छन्।

राजनितिमा केहिदिन अघिसम्म एक- अर्का दलबिच खरो आलोचना गर्ने एमाले,माओवादी केन्द्र र नयाँ शक्तिका नेताहरुले राष्ट्रिय सभागृहमा एक अर्काको हात समातेर एकताको सन्देश दिए।

केहि महिना अघि सम्पन्न भएको स्थानीय निकायको निर्वाचन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले उम्मेदवार देवी ज्ञवालीलाई माओवादि केन्द्र-नेपाली कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालले हराएर मेयरमा निर्वाचित भएकी थिइन्।

भरतपुरमा मतगणना हुदाँहुदै गठबन्धनकी उम्मेदवार रेणु दाहालले देवी ज्ञवालीसँग पराजित हुने अवस्था देखेपछि प्रचण्डकै निर्देशनमा नियतबस मतपत्र च्यातिएको र अदालतको आदेश बमोजिम मतपत्र च्यातिएको भरतपुर महानगरको वडा नम्बर १९ मा पुन: मतदान गर्दा रेणु दाहाल बिजयी भएकी थिइन्।

यसै मामलामा एमाले र माओवादि केन्द्र बिच एक- अर्कामा तल्लो स्तरमा आरोप-प्रत्यारोप चलेको थियो। एमालेले सत्ता र शक्तिको दुरुपयोग गरेर आफ्ना उम्मेदवार देवी ज्ञवालीलाई षड्यन्त्रपूर्वक हराएको आरोप लगाएको थियो। आरोप प्रत्यारोपको मामलामा एमाले अध्यक्ष केपी शर्मा ओली एक कदम अगाडि बढेर माओवादीको उछित्तो काढेका थिए।

ओलीले कांग्रेसलाई ब्यंग गर्दै लोकतन्त्रको नाममा कांग्रेसले माओवादीको छोरी बोक्यो सार्वजनिक रुपमै भनेको थिए।

बाम एकतापछि ओली कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम ‘फाएर साइड’ मा भुषण दाहाल सँग बाम एकताको बारेमा कुराकानी गर्दै बाम एकता देशको सम्वृद्धि,स्थायित्व र विकाशका लागी भएको बताए।

ओलीले नेपाली कांग्रेसलाई विकाश बिरोधी र भ्रष्टचारी पार्टि भएको आरोप लगाए।

कार्यक्रम प्रस्तोता भुषण दाहालले ओलीलाई सोधे- प्रचण्ड चितवनबाट चुनाव लड्ने कुरा गर्दै हुनुहुन्छ ,देवी ज्ञवालीले प्रचण्डको चुनाव प्रचार गरिदिने हो ?
ओलीले भुषण दाहालको प्रश्नको जबाफ दिदैँ भने- ‘राजनितिमा यो कुरा सामान्य हो। यस्तो भईरहन्छ। उनले राजनितिमा यसो हुनुलाई सामान्य कुरा भएको बताए।’

ओलीले देवी ज्ञवालीको बारेमा बोलेको कुरा भिडियोमा ३४ मिनेटपछि हेर्न सकिन्छ।

भिडियो 

प्रकाशित मिति : २०७४ असोज २४,मंगलबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu