बिग बोस : जुबैर खानले सलमानलाई धम्की दिदैँ भने -हिम्मत भए बडिगार्ड नलिईकन आउ

असोज २४,-अक्टोबर १ देखि शुरु भएको बिग बोसको एघारौं  सिजनमा यस्ता सदस्यहरु आए जसले सलमानलाई ठाडो चुनौती दिइरहेका छन। सलमानको टाउको दुखाई बनिरहेका छन्।

बिग बोसका घरका एक सदस्य जुबैर खानले सलमानले आफूलाई धम्क्याएको भन्दै प्रहरीमा सलमान विरुद्ध उजुरी समेत दिएका छन्।

जुबैरले सलमान माथी निशाना साध्दै भने- ‘सुपरस्टारले बिइङ ह्युमनको माध्यमबाट आफ्नो ब्याड ब्वाइको छवि सुधार्ने कोसिश गर्दैछन्।’

अझ अगाडी बढ्दै जुबैर भन्छन्-‘ तिमी बिइङ ह्युमनको कुरा गर्छौ,कार दुर्घटनापछि तिमले आफ्नो छबि बदल्यौ। हामिसँग तिम्रो पुरा रिपोर्ट छ,हामी तिम्रो बारेमा सबैकुरा जान्छौ र तिमि कुन-कुन अभिनेत्रीसँग मस्ती गर्छौ त्यो कुरा पनि थाहाँ छ।’

सलमानलाई धम्की दिदै जुबैरले भने- तिमिले जहाँ चाहान्छौ मलाई त्यहि बोलाउ म आउन तयार छु। तिमी बिना बडिगार्ड आउनु, यदि तिमी चाहान्छौ भने बडिगार्ड बिना पनि आउन सक्छौ।

जुबैर खानका अनुसार बिग बोसमा सबैकुरा पहिल्यै तय भइसकेको हुन्छ।बिग बोस कुनै रियालिटी शो होइन।

प्रकाशित मिति : २०७४ असोज २४,मंगलबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu