मेस्सी चम्केपछि अर्जेन्टिना विश्वकपमा

इक्वेडरविरुद्ध लियोनल मेसीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकप २०१८ का लागि छानिएको छ।

बुधबार बिहान इक्वेडरविरूद्ध मेसीका तीन गोल हानेर रसिया विश्वकपमा अर्जेटिनाको सिट सुरक्षित गराएका हुन्।

बुधबार विहान भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा इक्वेडरले पहिलो मिनेटमा नै इब्राको गोलबाट अग्रता लिएको थियो ।

तर, अर्जेन्टिना खेलमा फर्कियो । १२ औं मिनेटमा बराबरी गोल गरेका मेस्सीले २० औं मिनेटमा दोस्रो गोल गरे । ६२ औं मिनेटमा ह्याट्रिक गर्दै अर्जेन्टिनाको जित सुरक्षित पारे ।

यो जितसँगै अर्जेटिना २८ अंकका साथ तेस्रो भयो ।

मेसीले यो खेलमा ह्याट्रिक गरेर अर्जेन्टिनालाई विश्वकपमा मात्र पुर्याएनन् छनौट चरणमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड पनि बनाएका छन्।

विश्वकप छनौटका ४५ खेल खेलेका मेसीले २१ गोल गरेका छन्। विश्वकप छनौट खेलेका खेलाडीले गरेको यो अहिलेसम्मकै सबैभन्दा बढी गोल हो।

प्रकाशित मिति : २०७४ असोज २६,बुधबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu