एकै परिवारका पाँच जना चढेर आइरहेको बाइकलाई रोकेर प्रहरीले गरे नमस्कार,फोटो भयो भाइरल

भारतमा ट्राफिक नियम उल्लंघन हुनु र प्रहरिले सवारीधनीलाई कारवाहीको सट्टा घुस खाएर छोडिदिने कुरा पटक- पटक समाचारहरुमा सार्वजनिक हुने गर्छ।

हालै एउटा फोटो भाइरल बन्यो। एकै परिवारका पाँच सदस्य पति,पत्नी र तिन बच्चासहित त्यसमाथी झोलामा सामान बोकेर सवार भएको मोटरसाइकललाई रोक्दै ड्यूटिमा रहेका प्रहरीले नमस्कार गरे।

एक प्रहरी अधिकृतले फोटो ट्विटरमा सार्वजनिक गरेपछि उक्त तस्वीरलाई पाँच हजारभन्दा धेरै रि-ट्विट र दश हजार भन्दा धेरैले लाइक गरेका छन्। प्रसश्तै कमेन्ट पनि आइरहेको छ।

भाइरल भइरहेको उक्त तस्वीर आन्ध्र प्रदेशको अनन्तपुर जिल्लामा लिइएको हो। बैंगलोरको पूर्वी भेगका डिसिपीले एक ट्विट गर्दै लेखे-‘प्रहरीले अरु के नै गर्न सक्छ र ? प्रहरीसँग सधैँ एउटै विकल्प हुन्छ,सुरक्षित विकल्प चुन्ने।’

बी शुभकुमार नाम गरेका प्रहरीले नियमित चेकजाँच गरिरहेको अवस्थामा बिना हेल्मेट र एउटै बाइकमा पाँच जना चढेर आइरहेको देखेपछि बाइकलाई रोक्दै नमस्कार गरे। उनी भन्छन्-मैले नमस्कार बाहेक अरु केहि गर्न सकिन।

हनुमन्थ नाम गरेका मोटरसाइकल चालकले यसअघि पनि थुप्रै पटक ट्राफिक नियम तोडेका पाइएको छ।

प्रकाशित मिति : २०७४ असोज २५,बुधबार 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu