राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका थिए मेसीले,छनौट गराए देशलाई विश्वकपमा

२०१५ मा सम्पन्न भएको कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग पेनाल्टि शुट आउटमा पराजित भएपछि चर्चित अर्जेन्टिनी फुटबल खेलाडी मेसीले सन्यासको घोषणा गरेका थिए।

हारपछि आँखाभरी आशु पार्दै मेसी मैदानबाट बाहिरिएका थिए। बाहिरिएपछि मेसीले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका थिए।

क्लव फुटबलमा अत्याधित सफल र महान् खेलाडीको रुपमा आफ्नो नाम लेखाइसकेका मेसीले स्पेनिस क्लब बार्सीलोनाको लागी धेरै उपाधि दिलाइसकेका छन्।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फाइनलमा जर्मनीसँग पराजित भएका मेसीको आफ्नो देशको लागी उपाधी उचाल्ने धोको पुरा भएको थिएन। कोपा अमेरिकी कपमा पनि फाइनलमा पराजित भएपछि देशको लागी उपाधि दिलाउन नसकेको भनेर मेसीको आलोचना भएको थियो।

पछि मेसीका समर्थकहरुले भने देशको लागी उपाधि दिलाउन नसक्नुमा मेसीले राम्रो खेल्न नसक्नुको परिणाम नभएर उनको भाग्यमा नभएको भन्दै मेसीको बचाउ गरेका थिए।

खेलप्रेमी, समर्थक, प्रशिक्षक र अर्जेन्टिनी राष्ट्रपतिका साथै चर्चित फुटबल खेलाडी म्याराडोनाले समेत मेसीलाई सन्यास घोषणा फिर्ता लिन गरेको आग्रहलाई स्वीकार गर्दै मेसीले आफ्नो सन्यासको घोषणा फिर्ता गरे र २०१८ मा रसियामा हुने विश्वकपको छनौट खेलमा सहभागी भए। मेसीकै अगुवाइमा अन्ततः अर्जेन्टिना २०१८ को विश्वकपमा छनौट भयो।

बुधवार विहान भएको खेलमा मेसीले ह्याट्रिक गर्दै इक्वेडरलाई ३-१ गोल अन्तरले हराउँदै रुसमा हुने विश्वकपमा अर्जेन्टिनाले आफ्नो स्थान सुरक्षित बनायो ।

प्रकाशित मिति : २०७४ असोज २५,बुधबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu