बाबु उदितनारायणले गाली गरेपछि आदित्य नारायणले टेलिभिजनबाटै मागे माफी

बलिउडका चर्चित गायक उदितनारायण झाका छोरा गायक,कार्यक्रम प्रस्तोता तथा अभिनेता आदित्य झाले  देखाएको उदण्डताको एक भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

केहिदिनअघि आदित्य झा कुनै कार्यक्रमको लागी भारतको रायपुर एयरपोर्टबाट जादै थिए तर इंडिगो एअरलान्सका कर्मचारीले तोकेको भन्दा बढि सामान लैजान खोजेपछि बढि भएको सामानको  पैसा तिर्न भन्दा कर्मचारीहरुलाई अपशब्द बोलेका र धम्की समेत दिएका थिए।

 

भिडियो सार्वजनिक भएपछि आदित्यको सर्वत्र आलोचना भएको र उक्त कुरा बाबु उदितनारायण झा सम्म पुगेपछि उदितले छोरालाई माफी माग्न लगाउने एक अन्तरवार्तामा भनेका थिए ।उदितले छोरालाई गाली गर्दै सेलिब्रेटी भइसकेपछि यस्ता विवाद र सार्वजनिक स्थलमा बोल्दा ध्यान दिनुपर्ने भन्दै गाली गरेपछि आदित्यले आफूले सञ्चालन गर्ने रियालिटी शो ‘सा रे गा मा पा’ को मञ्चमा माफी मागेको भारतीय मिडियाले जनाएका छन् ।

आदित्यले माफी माग्दै भने-‘म माफी माग्छु,मैले जे गरे त्यसदेखी म लज्जित छु, मलाई माया र समर्थन गर्नुहुने सम्पूर्णमा धन्याबाद दिन चाहन्छु र तपाईहरुलाई सायद थाहा पनि हुनसक्छ म यस्तै छु।’

सामजिक संजालमा आदित्यको खरो आलोचना भएपछि उदितले आफ्नो एकमात्र छोराको बचाउँ गर्दै भने -‘आदित्य सानैदेखि असल थियो,उसले राम्रो काम गर्दै आइरहेको छ तर मलाई उसको पछिल्लो घटनामा के-भएको थियो र किन उसले एयरलाइन्सका कर्मचारीसँग झगडा गर्यो थाहा छैन ।’

प्रकाशित मिति : २०७४ असोज २५,बुधबार

 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu