विद्यार्थीले लिएको जाँचमा शिक्षक फेल भएपछि …

नाइजेरियाको उत्तरी कडुना राज्यमा प्राथमिक विद्यालयका हजारौं शिक्षकहरु ६ वर्षीय विद्यार्थीकालागि तयार पारेका प्रश्नपत्रको जाँच दिँदा अनुत्तीर्ण भएपछि बर्खास्त गरिने भएका छन्।

 

कडुनाका गभर्नरले शिक्षक विद्यार्थी अनुपातमा रहेको असमानता सच्चाइने बताएका छन्राज्यका गभर्नर नासिर एल-रुफाइले भने- “जम्मा शिक्षक संख्याका दुई तिहाइ २१,७८० शिक्षकहरुले जाँचमा ७५ प्रतिशत या त्यो भन्दा माथिको नम्बर ल्याउन सकेनन्।”उनले भने अनुत्तीर्ण भएका शिक्षकहरुलाई विस्थापित गर्न २५ हजार नयाँ शिक्षकहरु भर्ना गरिनेछ।

एल- रफाइले प्रान्तीय राजधानी कडुनामा विश्व ब्यांकका प्रतिनिधिसँगको भेटका बेला त्यस्तो प्रतिक्रिया दिएका हुन्।उनलाई उदृत गर्दै नाइजेरियाको ‘डेली ट्रष्ट’ अखबारले लेखेको छ, “विगतमा शिक्षक नियुक्तिलाई राजनीतिकरण गरियो। हामी जवान र योग्य शीषकहरु भर्ना गरेर त्यो परिवर्तन गर्न चाहन्छौँ ता कि राज्यमा शिक्षाको गौरव कायम रहोस्।”

एल- रफाइले उक्त राज्यमा विद्यमान विद्यार्थी शिक्षकबीचको अनुपात पनि संबोधन गरिने बताए।उनका अनुसार अहिले कतिपय ठाउँमा एकजना शिक्षकका लागि नौ विद्यार्थी छन् तर कैयौं अरु ठाउँमा त्यो संख्या एक शिक्षक र १०० विद्यार्थीको छ।बिबिसी नेपालीबाट

प्राषित मिति : २०७४ असोज २५,बुधबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu