किम जोङको हत्या गर्ने अमेरिकी प्रयास असफल

उत्तर कोरियाली नेता किम जोन उनको हत्याको अमेरिकी प्रयास असफल भएको उत्तर कोरियाले दाबी गरेको छ।

दक्षिण कोरिया तथा अमेरिकाले उत्तर कोरियाली नेता किम जोन उनको हत्या योजना संयुक्त रूपमा बनाएको उत्तर कोरियाली ह्याकरले पत्ता लगाएपछि उनको हत्याबारेको अमेरिकी तथा दक्षिण कोरियाली योजना विफल भएको उत्तर कोरियालीले दावी गरेको छ।

दक्षिण कोरियाले यस अघि नै उत्तर कोरियाले ह्याकिङ प्रविधिको प्रयोग गरी आफ्ना महत्वपूर्ण दस्तावेजहरूको चोरी गरेको बताइसकेको छ।

ती दस्तावेजहरूमा दुई कोरियाबीच युद्धका समयमा भएका विभिन्न महत्वपूर्ण दस्तावेजहरू तथा सैनिक क्षेत्रका संवेदनशिल सूचनाहरूमा केन्द्रित रहेको दक्षिण कोरियाको दाबी थियो।

उत्तर कोरियाली ह्याकरले दक्षिण कोरियाको सेनाको नेटवर्क ह्याक गरेको दक्षिणको आरोप थियो । ह्याकिङ मार्फत् अमेरिका तथा दक्षिण कोरियाको युद्ध सम्बन्धी साझा योजनाबारेको समेत जानकारी उत्तर कोरियाले लिएको उत्तर कोरियाको दाबी छ।

प्रकाशित मिति : २०७४ असोज २५,बुधबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu