अमेरिकाको बाल्टिमोरमा नेपाली विद्यार्थीले आत्महत्या गरे

अमेरिकाको बाल्टिमोरमा २३ बर्षीय नेपाली विद्यार्थी प्रसिद्ध कँडेलले आत्महत्या गरेका छन ।कँडेलले आफु बस्ने घरको लौन्ड्री रुममा झुन्डिएर आत्महत्या गरेको हुन्। नेपाल गुल्मी श्रीङ्गा,घर भएका कँडेलको घर-परिवार काठमाण्डौं शँखमुलमा बसोबास गर्छन्।

प्रसिद्धले डिप्रेशनका कारण आत्महत्या गरेको नेपाल मदर डट कममा  राम रामप्रसाद खनालले लेखेका छन्।उनी १५ महिना अगाडि विद्यार्थी भिसामा अमेरिका गएका थिए । प्रहरी अनुसन्धानले पनि कँडेलले गरी आत्महत्या गरेको पुष्टि भएको छ।

प्रसिद्ध १५ महिना अगाडि अलाबामाको विश्वविद्यालयमा अध्ययनका लागि अमेरिका आएका थिए । ८ महिना अगाडि उनले बाल्टिमोरमा कलेज स्थान्तरण (ट्रान्सफर) गरेका थिए । उनी अप्रिलदेखि बाल्टिमोरको सीसीबीसी कलेजमा अध्ययनरत थिए । काठमाडौंको चेल्सी एकेडेमीमा पढेका कँडेल जेहेन्दार र तेजिला विद्यार्थी थिए।

-नेपाल मदर डट कमबाट

प्रकाशित मिति : २०७४ असोज २५,बुधबार 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu