प्रचण्डलाई एमाले जस्तो मिलेको पार्टीको नेतृत्व गर्ने लोभ छ, बाम एकतालाई भारतको शुभकामना छ

यतिबेला नेपालको राजनिती चुनाब र बाम एकतालाई लिएर तातेको छ। अप्रत्याशित रुपमा भएको भनिएको बाम एकताको बहस अझैँ सेलाइसकेको छैन। संचारमाध्यमहरुमा बाम ध्रुवीकरणको बहस अझैँ चलिरहेको छ। एपिवन टेलिभिजनको चर्चित कार्यक्रम तमसोमा ज्योतिर्गमयमा बाम ध्रुवीकरण र चुनाबी तालमेलको बिषयमा छलफलको लागी अधिवक्ता तथा विश्लेषक धर्म रेग्मी सँग कार्यक्रम प्रस्तोता टिकाराम यात्रीले गरेको कुराकानी गरे।

रेग्मीले बाम एकता देशको लागी र समग्र राजनीतिको लागी सुखद रहेको बताए। बाम एकताले गैर बामपन्थीहरु लाई समेत मिल्न बाध्य पारेको भन्दै यसलाई राम्रो र सकारात्मक भएको बताए।

बाम एकताको प्रयास हुँदै गर्दा यो कुरा किन एकदमै गोप्य राखिएको भनेर सोधिएको प्रश्नमा रेग्मीले आफूले केहि नेताहरुलाई यस बिषयमा सोध्दा बाम एकताको कुरा यदि बाहिर पोखिएको भए त्यो देश भित्रका र विदेशी शक्तिका प्रभावले एकता प्रयास २४ घण्टा पनि नटिक्ने भएकाले अत्यन्तै गोप्य राखेको बताए।

नेपालको सत्ता राजनितीलाई स्थायित्व दिनको लागी बाम एकता भएको प्रस्ट पार्दै रेग्मीले धेरै सरकार परिवर्तन भएको र मजबुत गठबन्धनको आवश्यकता महसुश एमाले,माओवादी दुबै पार्टिको तर्फबाट भएको र यस्तो सम्बन्ध हरेक बर्ष नविकरण गर्न नपरोस् भन्ने हिसाबले एमाले- माओवादिको पार्टी एकता सम्म पुगेको प्रष्ट पारे।

बाम एकताको लागी निर्णायक व्यक्ति प्रचण्ड भएको बताउँदै रेग्मीले ठुलो पार्टिको मुख्य नेताको रुपमा ओलीले पनि बल गरेको तर यसको निर्णायक भूमिका प्रचण्ड भएको बताए।

बाम ध्रुवीकरणको मोटामोटि दुई परिणामको बारेमा रेग्मीले यसरी प्रष्ट पारे – बामपन्थीहरुको बिचमा कार्यगत एकता भएर निर्वाचन सम्पन्न हुन्छ र बामपन्थीहरुले बैधानिक तरिकाले सत्ता कब्जा गर्छन् र लामो समय सत्ता चलाउँछन् र कांग्रेस लगायत प्रजातान्त्रिक शक्तिहरु उपेक्षित हुन्छन् र त्यसले गर्दा मुलुकले स्थायित्व लिन्छ।

बाम एकताले राजनितिमा ध्रुवीकरण बढ्छ र यो सम्हालिन सकेन र अहिलेको राजनितिक नेतृत्वले यसको जिम्मा लिन र अगाडी बढ्न सकेन भने संविधान लगायतका कुरा असफल हुन्छ र राजनितिक उथलपूथल हुनेछ। यो बाम एकताको नकारात्मक पक्ष भएको रेग्मीले बताए।

रेग्मीको बाबुरामलाई प्रश्न थियो गएको एक बर्षको दौरानमा नेपालमा मार्क्सवादको औचित्य छैन भनेर त्यसको औचित्य नभएको कुरा पुष्टि गर्न जुन दु:ख गर्नुभयो त्यो बाबुरामको दु:ख बेकार खेर गयो। युटर्न भएर बाबुराम बाम एकतामा समाहित भएर फेरी ‘कमरेड बाबुराम’ बन्नुभयो र बाम एकता कार्यक्रममा लाल सलाम गर्नुभयो।
बाबुरामले एक बर्षको अवधिमा लेखेका दस्तावेज रद्दिको टोकरीमा फाल्दै नेपालमा बाम्पन्थीको जरुरी रहेको र त्यो बामपन्थीले नयाँ किसिमको समाजवाद दिने कुरा भन्नपर्छ।

बाबुरामले एमालेको सुर्य चिन्ह लिएर चुनाव लड्दा बैधानिक रुपमा उनी एमालेको सांसदको रुपमा दर्ता हुन्छन् र कम्तिमा पनि पाँच बर्ष उनी एमाले रहनुपर्छ, रेग्मीले अहिल्यै देखि बाबुरामले एमाले भइसकेको दावी गरे।

रेग्मीले अगाडी भने -‘केपी ओली प्रधानमन्त्री रहदाँ भारतले लगाएको नाकाबन्दी खुलाउन हरसम्भब प्रयास गर्दा असफल भएको र अन्तिममा नेपाली सेनाले गर्दा भारतले लगाएको नाकाबन्दी खुल्यो। नाकाबन्दी खोल्न नेपाली सेनाले भारतको सेना प्रमुख सँग कुराकानी गरेको र त्यो कुराकानी भारतीय रक्षा मन्त्री हुँदै भारतीय प्रधानमन्त्री मोदि सम्म पुगेपछि भारतले नेपालमा लगाएको नाकाबन्दी खुलाएको दावी अधिवक्ता रेग्मीले गरे।’

केपी ओली भारतविरोधी नभएको उनले भारतलाई मनाउन नसक्दा नाकाबन्दी लगाएको भारतविरुद्ध बढेको जनमतलाई आफ्नो पक्षमा पार्दै ओलीले त्यसलाई राष्ट्रवादको नारा दिए।

एक प्रसङ्गमा महिनाको पचास लाख रुपैयाँ मधेशी दललाई नेपालस्थित भारतीय दूतावास लैनचौरबाट आउने कुराको खुलासा कार्यक्रममा भयो।

प्रचण्डलाई आफू जस्तो नेता गएर एमाले जस्तो मिलेको पार्टिको नेतृत्व गर्न पाए कस्तो हँदो हो भन्ने लोभ रहेको रेग्मीले बताए।बाम गठबन्धनमा चीनको हात रहेको अनुमान गरेपनि रेग्मीले यसमा भारतको हात रहेको संकेत गरे।रेग्मीले बाम एकतामा चीनको भन्दा भारतको धेरै शुभकामना धेरै रहेको खुलासा गरे।

यहाँ क्लिक गर्नुस  पुरा अन्तर्वार्ता हेर्नको लागि 

प्रकाशित मिति २०७४ असोज २६ बिहिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu