गृहमन्त्री, प्रधानमन्त्री बनेको सुन्न पाँउ अग्रिम शुभकामना मनाङ्गे दाजु ! सिंहदरबारमा सबैको अधिकार !

केशव प्रसाद पाण्डे

“यो असत्तिले सरापेको देश” हो ! पहिला पहिला सतिले सरापेको देश भन्थे तर सतिको सराप लाग्छ यहाँ ? अँह लाग्दैन जस जसले रगत बगाए,अातंक मच्चाय, देश लुटे जनता भुटे र देशलाई सति जान बाध्य बनाए उनिहरुकै सरापले चल्ने देश, राजनीतिको सुनपानी छर्किएर चोखिने प्रिय डन भ्रष्टचारी, अपराधी सबका सव कानुनका नजरमा बराबरी ! यि सब देख्दा भन्न मन लाग्छ, अाई लव अपराधी चोख्याउने राजनिति !अनि कहिले पछुतो लाग्छ, के म दिपक मनाङ्गे दाजु जस्तो हुन सक्दिँन ? खुमबहादुर खड्का, गोपाल खड्का जस्तो हुन सक्छु या सक्दिँन फेरि याद अाँउछ के यस्तै बनेँ भने गोबिन्द केसिहरुको पक्षमा बक्न सक्छु या सक्दिँन ,रबि लामिछानेका प्रश्नहरुको सामना गर्न सक्छु कि सक्दिँन ?

आज एउटा याद आँछ ! न्युज ट्वान्टीफोर टेलिभिजन सिधा कुरा जनतासँग “कार्यक्रममा रबि लामिछाने दाईले भन्नू भएको कुरा !

“जो हाम्रो गाउँ टोल सहरमा राजनीतिक पहुँच भएका गुन्डागर्दी गर्ने चन्दा असुल गर्नेहरु छन् तिनीहरुलाई नै तपाई हामिले भोट दिन्छौ, किन ? जुन अहिले तपाईं हाम्रो गाउँ टोल सहरमा अहिले जस्ले गुन्डागर्दी गरिरहेका छन् त्यो व्यक्ती अबको १५ बर्षमा मन्त्री बनेको हुने छन् ! अबको १५ बर्षमा तपाईं हामिले त्यही गुन्डागर्दी गर्ने व्यक्तिलाई स्वागतको लागि फुल माला लिएर चोक-चोक बस्ने र सुरक्षाकर्मी मित्रहरू पनि उसैलाई सलाम् गर्न अभ्यास गर्दै गरे हुन्छ! “यो अाक्रोस देख्दा खासै अचम्म मान्ने ठाँउ म देख्दिँन, यसरि नै देखिरहेको, भोगिरहेको राजनीति प्रत्येक चुनाबमा राजनीतिक पार्टीले उठाउने उमेद्वार ,भोट हालेर जिताउने हामि हो यस्तै चक्र चल्छ चक्रे मिलन देखि धेरैमा … ।

यो देशमा राजनीतिले पालेको गुन्डागर्दी र गुन्डागर्दिहरुले चालेकाे राजनीति ! । वाह ! अाई लव अपराधी चोखो पार्ने राजनिति !
अाज मिर्मिरमै अाईपुगेका चल्तिका अखबारमा समाचार अाँखा दौडिए समाचार फ्रन्टपेजमा थिए,

-गुन्डा नाइकेका रूपमा चिनिएका राजीव गुरुङ (दीपक मनाङे) लाई एमाले मनाङले प्रदेशसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा सर्वसम्मत सिफारिस !

-कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्चबाट भ्रष्टाचारी ठहर भई जेल सजाय भोगिसकेका व्यक्ति साधारण सदस्यसमेत हुन अयोग्य नेता खुमबहादुर खड्कालाई चुनावमा टिकट बाँड्ने महत्त्वपूर्ण समितिमा मनोनयन गरी ….कानुन…

तर उमेदवार सिफारिसमा कानुनले भन्दा रहेछ” राजनीतिक दलसम्बन्धी ऐनमा भ्रष्टाचार मुद्दामा जेल सजाय पाएको व्यक्ति दलको सदस्यसमेत हुन अयोग्य हुने, प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी ऐनमा भ्रष्टाचार अभियोग प्रमाणित भई सजाय पाइसकेको व्यक्ति उम्मेदवार हुन अयोग्य हुने व्यवस्था लेखिएको रहेछ।त्यहि ब्यक्तिले जनताका लागि प्रतिनिधि छनोट गरिदिन पाउने भए..

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन–२०७४ ले उमेदवार बन्न पाउने सम्बन्धमा भन्दा रहेछ,

“भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्ति उमेदवार बन्न अयोग्य मानिनेछ।

अाखिर पावरफुलका लागि नियम तोड्नकै लागि त बन्छ! मनमनै कामना गरेँ भविष्यमा गृहमन्त्री, प्रधानमन्त्री बनेको सुन्न पाँउ अग्रिम शुभकामना मनाङ्गे दाजु ! उनका लागि पनि सिंहदरबारमा भाग बराबरको अधिकार छ नै छ !
जव यस्तो देखिन्छ अनि भन्न मन लाग्छ,

सिंहदरबारमा सबैको अधिकार ! म पनि दिपक मनाङ्गे बन्दिँउ सरकार ?

नेपालएचडीबाट

प्रकाशित मिति २०७४ असोज २६ बिहिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu