कुकुरको सौखिन पुटिनलाई जन्मदिनमा कुकुर उपहार

मस्को, असोज २६ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई जन्मदिनका अवसरमा कुकुर उपहार प्राप्त भएको छ ।

पुटिनलाई तुर्कमेनिस्तानका राष्ट्रपति गुर्बांगुली बेर्दिमुखमेदोभले कुकुर उपहार दिएका हुन् । पुटिनसँगको भेटमा उनले कुकुर उपहार दिएका हुन् । कुकुर बोक्दै पुटिनले तुर्कमेनिस्तानका समकक्षीलाई धन्यवाद दिएका थिए ।

६५ वर्षीय पुटिन कुकुरप्रेमी पनि हुन् । उनले हालै आफ्नो जन्मदिन मनाएका थिए ।

पुटिनलाई यसअघि जापानी अधिकारीले पनि कुकुर उपहार दिएका थिए ।

प्रकाशित मिति : २०७४ असोज २६,बिहिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu