सालनालसहित जन्मिने बितिकै फालिएको शिशु जिवितै फेला, जन्मदाताको खोजि तिब्र

खाँदबारी नगरपालिका-१ मा सालनालसहितको बेवारिसे शिशु जिवितै फेला परेको छ ।

बिहीबार बिहान खाँदबारीको फुलपाती चोक नजिकै खेतको गह्रामा स्थानीयले शिशु फेला पारेको हो । जीवितै शिशु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उद्धार पछि शिशुको फोटो /कान्तिपुर

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले शिशुको उद्धार गरेको छ । शिशुको स्वास्थ्य स्थिति सामान्य रहेको चिकित्सकले जनाएको छ । शिशुलाई जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ । बेवारीसे शिशु छाडेका सुत्केरी आमाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कान्तिपुरबाट

 

प्रकाशित मिति २०७४ असोज २६ बिहिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu