ज्यानै दाउमा राखेर भारतीय ज्यादती विरुद्ध लडेका देवनारायण यादव एमाले प्रवेश गर्ने

काठमाडौं– गत वर्ष सप्तरीको तिलाठीमा नेपाली सीमाको रक्षार्थ भारतीयसँग लड्ने नेतृत्व गरेर चर्चामा अाएका देवनारायण यादव एमालेमा प्रवेश गर्ने भएका छन् ।

उनी एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममार्फत एमालेमा प्रवेश गर्न लागेका हुन् ।

उनी एमाले प्रवेशकै लागि सप्तरीबाट काठमाडौं आएको बताइएको छ ।

यसैबीच मेघराज नेपाली नेतृत्वको मधेस समता पार्टी आज एमालेमा एकीकृत हुँदैछ । सो कार्यक्रमपनि सिंहदरबारमै एकैसाथ हुनेछ ।

रातोपाटीबाट

प्रकाशित मिति :२०७४ असोज २६,बिहिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu