इटालीका प्राकृतिक सुन्दरता हेर्दा आँखा कहिल्यै थाक्ने छैनन् (भिडियो)

इटाली दक्षिण युरोपेली देश हो। संसारकै विकशित देशहरु मध्येमा पर्ने इटाली निक्कै पुरानो सभ्यता बोकेको देश हो।मनमोहक ठाउँ र रमाईला दृश्यहरुले भरिएको देश हो इटाली।३ हजार वर्ष पुरानो इटालीको राजधानी रोम अति सुन्दर छ ।

यहाँको म्यूजियम, पुरानो इतिहास, भब्य चर्चहरु सबै देख्दा  मन खुशी हुन्छ।बिश्वभरिबाट क्रिश्चियन धर्मावलम्बीहरुको साथै हजारौं पर्यटकहरु इटाली घुम्न आउछन्।

इटालीलाई सभ्यता,संस्कृतिको देश भनेर पनि चिनिन्छ । रोम,भेनस इटालीका चर्चित शहरहरु हुन् भने,इटाली भनेपछि धेरैले पिज्जा र फुटबलको लागी पनि सम्झिन्छन्।

इटालीको कतिपय भूभाग नेपालको जस्तै हिमाल, पहाड डाडाकाडा,बनजंगल र तालतलैयाहरुले भरिएको छ।

इटाली विकाश र सभ्यतामा एकदमै अगाडी रहेको देश हो। विश्वमै धेरै पर्यटकहरुको गन्तव्य रहने इटालीको राजधानी रोम र भेनिस लगायत अन्य शहरहरु विश्व प्रसिद्ध छन्।

त्यस्तै फेसनको राजधानी भनेर पनि इटालीको मिलान शहरलाई चिनिन्छ। र यहाँका युवायुवतीहरु धेरै आकर्षक हुने र खानेकुराको लागी समेत इटाली विश्वप्रसिद्ध छ।

मानिसहरु इटालीलाई जिवनमा एकचोटि घुम्नैपर्ने देशको सूचीमा राखेका हुन्छन्।

हेरौ भिडियोमा इटालीका केहि सुन्दर ठाउँहरु

प्रकाशित मिति : २०७४ असोज २६,बुधबार

 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu