बाबुले बिहेपछि आफ्नी छोरीले गाडी चलाउन पाउनुपर्ने शर्त राखेपछि बेहुलाले बिहे तोडे

कट्टर मुस्लिम देश साउदि अरब एकदमै धनी देश पनि हो। साउदिका मानिसहरुको जिवनशैली पनि निकै रोचक छ। आलिसान महलहरु,महङ्गा गाडिहरु यी कुरा साउदिमा सामान्य झैँ लाग्छन्।

तर महिलाउहरुको लागी भने साउदि अरबको जिन्दगी निकै नै गार्हो छ। महिलाहरुले साउदिमा कष्टकटर जिवन बाँचिरहेका छन्। महिला स्वतन्त्रताको सवालमा साउदि अरब अनुदार रहेको छ।

साउदिका महिलाहरु आफूखुशी स्वतन्त्रतापूर्वक बाहिर हिडडुल गर्न सक्दैनन् ।यो कानुनी हिसाबले पनि बन्देज छ।

दुँनियाभरका महिलाहरुले जुन किसिमका स्वतन्त्रताको उपभोग गरिरहेका छन्, साउदिका महिलाहरुले त्यो कुरा सपनामा पनि सोच्न सक्दैनन्।

तर साउदिमा पनि विस्तारै सुधारको र महिलाहरुको पक्षमा कानुन खुकुलो हुँदै र उनीहरुलाई अधिकार दिने कुरामा साउदि सरकार लचक हँदै गइरहेको छ।

अब साउदिमा सन् २०१८ देखि महिलाहरुले पनि गाडि चलाउन पाउने भएका छन्।यो ऐतिहासिक फैसलाले पुरै साउदिमा खुशीयाली छाएको छ।

तर साउदिमा एक अनौठो घटना घटेको छ। बिहे बन्धनमा बाँधिन लागेको एक जोडिको बिहे टुटेको छ।दुलहिको बाबुले नयाँ नियम अनुसार आफ्नी छोरीले गाडि चलाउन पाउने प्रस्ताव बेहुला सँग राखेका थिए। तर बेहुलाले आफ्नी हुनेवाला श्रीमतीलाई गाडि चलाउन नदिने बताए र बिहे नै तोडेर हिडे।

प्रकाशित मिति : २०७४ असोज २६,बिहिबार 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu