धेरै विवाह गरेपनि श्रीकृष्णले आफ्ना कुनै पनि श्रीमतीलाई निराश गराएनन्

पौराणिक आख्यानका अनुसार जतिबेला धर्मको हानी र अधर्मको बिस्तार हुन्छ तब संसारको उत्थानका लागि भगवान विष्णु धर्तीमा अवतरित हुन्छन् । यसै क्रममा थुप्रै पटक श्री विष्णुका अनेकौं अवतारको कथा पढ्न पाइन्छ । यिनैमध्ये दुई अवतार यस्ता छन् जसले परिवारमा बस्दै धर्मको स्थापना र बिस्तार गरे।

उक्त अवतार थियो त्रेता युगमा भगवान राम र द्वापर युगमा भगवान कृष्ण । यीमध्ये भगवान रामले जीवनमा आदर्शको महत्व प्रमुखताका साथ स्थापित गरे भने कृष्णले एक साधारण व्यक्तिको क्षमता, आकांक्षा र परिस्थितीका अनुसार सटिक निर्णय लिने कुरालाई आफ्नो जीवनचक्रमा स्थान दिए।

आफ्नो कुनै पनि रुपमा, आयुको कुनै पनि विराममा श्रीकृष्ण भगवानको रुपमा स्थापित नभएर, पूजनीय नभएर साधारण नै बनिरहे र असाधारण कार्यलाई सम्भव बनाएर मानवलाई देव बनाउने मार्ग प्रशस्त गरे । यसैक्रममा एक रोचक जानकारी उनको परिवार, उनको गृहस्थ जीवनबारे पढ्न पाइन्छ।

आउनुहोस्, कृष्णा जन्माष्टमीको मौकामा यसबारे कुरा गरौंः

कृष्णका १६ हजार १ सय ८ गोपिनीः

श्रीकृष्णको महारासलीलाबारे त सबै भक्तजनलाई थाहा छ । जब गोकुलमा उनले आफ्ना सबै गोपिनीसँग एकसाथ अनेक रुप धारण गरेर महारास रचाएका थिए । यस्तै प्रकारको एक जानकारी उनको परिवार बारे पाइन्छ । पुराणका अनुसार श्रीकृष्णका १६ हजार १ सय ८ गोपिनी थिए।

कृष्णले १६ हजार रुपमा विवाह रचाएः

यो कसरी सम्भव भयो यसबारे पुराणमा उल्लेख गरिए अनुसार एक मानसिक रोगीले अमरता पाउनका लागि १६ हजार कन्यालाई बली दिनका लागि कैद गरेका थिए । श्रीकृष्णले यी कन्यालाई कैदमुक्त गरिदिए र जब उनीहरुका परिवारका सदस्यले चरित्रको नाममा उनीहरुलाई अपनाउन अस्विकार गरे तब कृष्णले १६ हजार रुपमा प्रकट भएर एक साथ उनीहरुसँग विवाह गरे । यी विवाहका साथै कृष्णले केही प्रेम विवाह पनि गरे।

मैले यो जन्ममा एक पत्नी ब्रतको संकल्प लिइसकेको छु…

त्रेतायुगमा थुप्रै युवतीले रामसँग विवाहको वरदान मागेको बताइन्छ । त्यतिबेला श्रीरामले आफूले यो जन्ममा एक पत्नी ब्रतको संकल्प लिइसकेको तर अर्को जन्ममा सबैसँग विवाह गरेर इच्छा अवश्य पूरा गर्ने बताएका थिए । द्वापर युगमा श्रीकृष्णको रुपमा जन्म लिएर श्रीरामले आफ्नो पूर्व जन्मको वरखानलाई सार्थक गरे । यसरी द्वापरमा श्रीकृष्णले १ सय ८ विवाह थप गरे ।

आफ्ना कुनै पनि श्रीमतीलाई निराश हुन दिएनन्ः

अचम्मको कुरा के छ भने यतिधेरै विवाह गरेपनि श्रीकृष्णले आफ्ना कुनै पनि श्रीमतीलाई निराश गराएनन् । आफ्नो लीलाले उनी त्यति नै रुप लिएर आफ्ना १६ हजार १ सय ८ रानीसँगै बसिरहे र आफ्नो पतीब्रत धर्मको पालना गरिरहे ।

१ लाख ६१ हजार ८० पुत्रः

यतिमात्र होइन, उनका सबै श्रीमतीले १० पुत्र र एक पुत्रीलाई जन्म दिए । यसरी उनका १ लाख ६१ हजार ८० पुत्र र १६ हजार १ सय ८ पुत्री थिए ।

प्रकाशित मिति : २०७४ असोज २७,शुक्रबार 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu