कालो धान डलर रोपेर कमाउँने बाटोमा लागेका लोकेन्द्र विष्ट मगरले माओवादी केन्द्र छाडे

काठमाडौं: माओवादी केन्द्रका सचिवालय सदस्य लोकेन्द्र विष्ट मगरले पार्टी परित्याग गरेका छन्।

‘पूर्वपर्यटनमन्त्री समेत भइसकेका मगर काभ्रेमा ब्यबसायिक रुपमा कालो धानखेती समेत गरेर बसेका थिए।यस्तै त्‍यसअघि पनि पार्टीबाट राजनीमा दिइसकेका मगर पुन: पार्टीमा फर्किएका थिए।

व्यावसायिक रुपमा कालो धान रोपेर राम्रै आम्दामी गरिरहेका बिष्टले यसलाई डलर कमाउने बाटो भनेका छन् ।

२०३७ सालमा विद्यार्थी राजनीतिबाट वाम राजनीतिमा साइत गर्नुभएका विष्ट सबैभन्दा धेरै सयम जेलमा बिताउने माओवादीका केन्द्रीय नेतामा पर्छन् । पटकपटक गरी १० वर्ष जेलमा बिताएक विष्ट शसस्त्र सङ्घर्ष थालनीको पूर्वसन्ध्यामा रुकुममा गणेश शाहको हत्या अभियोगमा जेल परेका थिए।

पार्टी भित्र अभ्यास उपनामले चिनिने विष्टले रुकुमको मुरुमा रहेको घर जग्गा ९० हजारमा बेचेर पार्टीमा सर्वहाराकरणको अभियान थालेका थिए।

तस्बीर : थाहा खबरबाट

प्रकाशित मिति : २०७४ असोज २७,शुक्रबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu