डेड करोडको कृषि लगानी गर्दै नवयुग नेपाल

सुवास खड्का , दाेहा कतार

कम्पनी ऐन २०६३ काे दफा ५ काे उपदफा १ बमोजिम नेपाल सरकार बाट अनुमति पत्र लिई सुरुवात गरिएको नवयुग नेपाल एग्राे प्रालिले बिदेशी डेड कराेडकाे लगानी कृषि क्षेत्रमा गर्दै छ।गतबर्ष चैतमा सामुदायिक लगानी, समाजको उन्नति, समाजको उन्न्ति नै राष्ट्रको प्रगति” भन्ने मूल नारा र प्रतिवद्धताका साथ खाडी मुलुक कतारमा रहिबसी विभिन्न पेशामा आवद्ध नेपालीहरूको एक भेलाले होमनाथ बासकोटाको अध्यक्षतामा नवयुग नेपाल गठन गरेकाे थियो ।जस अन्तर्गत नै कम्पनीको पहिलो सुरुवाति कार्य चितवनको भरतपुर माहानगरपालिका २६ खद्राेलिमा ३५०० कमर्सियल लेयर्स कुखुरा पालनबाट गर्न लागिएको कम्पनीका अध्यक्ष हाेमनाथ बास्काेटाले जानकारी दिनुभयाे साथै उहाँले कम्पनीको प्रधान कार्यलय चन्द्रागिरि नगरपालिका १० काठमाडौं मा रहेकाे समेत बताउनुभयो ।

कुल ६ जना संचालक समिति रहेको नवयुग नेपाल एग्राे प्रालिमा कुल १८ जनाकाे शेयर सदस्य संख्या रहेको छ।अाफ्नाे गृहजिल्लामा डेड कराेडकाे लगानीबाट नवयुगकाे काम सुरुवात भएकोमा र यसको मुख्य जिम्मेवारी अाफुमा अाएर अाफुलाई धेरै जिम्मेवारीबोध गराउने संचालक समिति शेयर सदस्य साथीभाइ लगायत सबैलाई अाेजपर्ण रुपमा धन्यवाद सहितखुशि ब्यक्त गर्दे कम्पनीका सह काेषाध्यक्ष बिमल अाचार्यले थप लगानी बढाउन केन्द्रीय तहसम्म जानकारी गराउने बताउनुभयो साथै विभिन्न ठाउँ भुगाेल र बाताबरणको बैज्ञानिक अनुसन्धानका साथ साथै उत्पादनमुखि राष्ट्रकाे परिकल्पना अाफुहरुकाे चाहाना भएको सचिव प्रकाश चन्दर दर्नालले बताउदै थप जिम्मेवारी बहन गरि समग्ररुपमा अझै एकिकृत ढंगले अगाडि बढनु पर्ने।बताउनु भयो।

यस्तै कम्पनीको काेषाध्यक्षमामा रहनुहुने बाबुराम गैरेले युवालाई कृषि कै माध्यमबाट मात्रै पलायनको बाटाे राेक्न सकिने भन्दै हाम्रो नवयुगले ७५ वटै जिल्लामा नाम लेखाउने छ भन्नुभयो । कम्पनी कै उपाध्यक्ष रहनुहुने गणेश भण्डारीले हामीले नगरे कसले गरने अहिले नगरे कसले गर्ने भनाइलाई मनन गर्दै हामीले नवयुगकाे सुरुवात गरेका छाै र छिटोभन्दा छिटो हामी हाम्रो यश कम्पनीलाई। कृषि क्रान्तिका रुपमा स्थापित गराउनेछाै यसैबिच सबै शेयर सदस्यलाई धन्यवाद का साथै लगानी सुनिश्चितताका धेरै अाधारहरुले नवयुगमा सबैलाई अाकर्षण गरिरहेकाे बताउदै अध्यक्ष हाेमनाथ बास्काेटाले तत्काल कम्पनीको पहिलो कुखुरा फर्ममा ३ जना कर्मचारी रहने बताउनु भयो जसमा १ जना मुख्य म्यानेजमेन्ट का रुपमा लाेकनाथ पाैडेल र अन्य स्थानिय स्तरका दुई जना रहनुभएकाे छ।माेरङ जन्म भुमि भए पनि अाफु चितवन पुगेर कम्पनीको पहिलो कार्य सुरुवात गर्न पाउँदा अाफु निकै हर्षित र खुशी रहेकाे भन्दै अध्यक्ष बास्काेटाले सबैभन्दा ठुलो कुरा बिदेश मा मात्रै दुख गरिरहेका सबैले स्थापना गरेको कम्पनीको जिम्मेवारीबाट काेहि पनि डराउनुनहुने भन्दै धैर्य संयमित र लगनशीलता देखाउनु पर्नेमा जाेड दिनुभयो ।

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu