‘सोनाम ल्होछार २८५४’ को अवसरमा इजरायलमा सांस्कृतिक कार्यक्रमको आयोजना हुदै

तेलअभिव – तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व सोनाम ल्होछार २८५४ खि/नागि ल्हो (कुकुर बर्ग) को अवसरमा इजरायलको  तेलअभिवस्थित किबुज गालुयोत ४६ स्थित स्तुपा पार्टी प्यालेसमा ‘सोनम सांस्कृतिक साँझ २०१८’ कार्यक्रम जनवरी १९ गते शुक्रबार आयोजना हुदैछ।

नेपाल तामाङ घेदुङ इजरायलद्धारा आयोजना गरिने उक्त कार्यक्रमको लागी गायक विश्व दोङ तामाङ,सुमन घले,गायक कलाकार टिका बम्जन तामाङ,बुधबार इजरायल प्रस्थान गरिसकेका छन्।

कार्यक्रममा इजरायलमा रहेका नेपाली कलाकारहरुको समेत प्रस्तुति हुनेछ,साथैं रात्रीभोजको समेत आयोजना गरिएको जानकारी आयोजक संस्थाले दिएको छ।

कार्यक्रम स्थलसम्म जानको लागी तेलअभिवको लेविन्स्की पार्कदेखी नि:शुल्क बसको सुविधा रहेको छ।उक्त कार्यक्रममा उपस्थितिको लागी नेपाल तामाङ घेदुङ इजरायलले सबैलाई अनुरोध गरेको छ।स्रोत -तामाङ अनलाइन

प्रकाशित मिति : २०७४ माघ ३,बुधबार

 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu