पाँच लाख मौरी मारेको आरोपमा १२ र १३ वर्षका युवक पक्राउ

काठमाडौं । मौरीपालन व्यवसायलाई नोक्सान पुर्याएको आरोपमा पुलिसले अमेरिकामा दुईजनालाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।

पाँच लाख भन्दा बढी मौरीलाई मारेको आरोपमा दुई युवकलाई पुलिसले गिरफ्तार गरेको बताएको छ । एकजना १२ र अर्का १३ वर्षका युवकले वाइल्ड हिल हनि फार्ममा मौरीको गुँड भत्काइदिएपछि लाखौँ मौरीहरु चिसोका कारण मर्न पुगेको बताइएको छ।

हिउँ परिरहेको समयमा मौरीलाई बाहिर निकालिएपछि अत्याधिक चिसो मौसमका कारण सबैको मृत्यु भएको सो फार्मका मालिकले बताएका हुन् । फार्ममा भएको सबै गुँड भत्काइदिएपछि आफूले ६० हजार डलर भन्दा बढी नोक्सान व्यहोर्नुपरेको बताउँदै उनीहरुले पुलिस समक्ष गुनासो गरेका थिए ।

ती दुई युवकहरुले सबै गुँडलाई एकएक गर्दै बाहिर निकालेर हिउँमा फाल्दिएपछि सबै मौरी सखाप भएको फार्मका मालिक र उनकी पत्नीले बताए । यसपछि उनीहरुले घटनाप्रति पुलिसको ध्यान केन्द्रित गराएका थिए ।

वरिपरिका स्थानीयको मद्दतले पुलिसले पछि दुवै युवकलाई आपराधिक दुव्र्यवहारको आरोपमा पक्राउ गरेको बताएको छ ।

प्रकाशित मिति : २०७४ माघ ७,आइतबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu