ईंटाले हानेर ढुङ्गोले फर्काउने मुसल युद्धको अभ्यास गर्दैछन

-जनकमान डंगोल

जनकमान डंगोल

राष्ट्रिय लाज्धानिको तिन शहर मध्येको एक शहर भादगाउँमा हाम्रो जननेता तथा हुनेवाला प्रधानमन्त्रि राज गर्नु हुन्छ । त्यहि भएर हाम्रो हुनेवाला प्रधानमन्त्रीको ईज्जेतको खातिर तिन लम्बर प्रदेशको राजज्धानी अन्त हैन भादगाउँमा हुनु पर्छ । खबरदार देउवा सर्खार अन्त: राजधानी तोक्यो भने राम्रो हुन्न भन्दै घामे पार्टीका युवा नेताहरुले केहि दिन देखि चुनौती दिएका थिए ।

हठी विधामा महारत हासिल गरेका देउवा सरकारले ‘भुक्दै गर्छ लम्किदै गर्छ’ भन्ने उखानलाई सार्थकता दिंदै हाम्रो हेटौडा राम्रो हेटौडालाई तिन लम्बर प्रदेशको अस्थाई राजधानी तोक्नासाथ हाम्रो मागमा कुठाराघात गर्ने अरु हैन मादले पार्टीका नेताहरु हुन भन्दै घामे पार्टीका भुराहरुले मादले पार्टीका संस्थापक अध्यक्ष कम्रेट नारान मान बिजुक्छे, प्रधानमन्त्री देउवा देखि उप-प्रधानमन्त्री कमल थापाको फुटोमा कालोमोसो दलेर अग्नि दहन गर्न समेत पछी परेनन । मादल पार्टी पनि हाम्रै बिरादरिका हुन भन्ने सोच र चेत पलाएका भए यस्ता घटिया कामकुरो पक्कै पनि गर्दैन थिए ।

देशको सिमा मिचिदा आँखामा पट्टि बाँधेर मुखमा दहि जमाएर बस्ने तर हामी  देशको ठुलो पार्टी हौँ भन्ने घमण्डीहरु के छ भादगाउँ राजधानी बन्ने आधार ? किन बनाउनु पर्‍यो प्रादेशिक राजधानी ? हाम्रो नेताको फोटोमा कालोमोसो दल्नेहरुलाई भादगाउँ बस्न मुन छ कि छैन ? आफ्नो फाईदाको लागी लाल बर्को ओढ्ने तिम्रा जग्गा माफियाले  चाहदैमा भादगाउँ तिन लम्बर प्रदेशको राजधानी हुन सक्दैन भनेर मादलेबा का भुराहरुले पनि ईंटको जवाफ ढुङ्गोले दिन भ्याए ।

२०४४/४५ साल देखि हो नेपालमा लालेहरु चम्केका । चम्केर मात्र क्यार्ने ठाउँमा पुग्न पाएका थिएनन । होस्टे…. हैंसे …..‘सबै बाम एकै ठाम’ भन्ने नारा लगाए । त्यतिले पनि नपुगेसी  ‘जय नेपाल’ भन्दै डेमोक्रेसी दाईहरुको सरनमा पुगे । सय थुकी नदि बनेर पंचायती शासन बगाए । बगाउनु भन्दा अगाडी दिएका नारा, भाषण देखि आस्वासन पुरा भयो भएन बताउनु नपर्ला ।

नेपाले कम्युनिस्टहरु यतिखेर यदुवंशीका सन्तानको भूमिकामा देखिएका छन । अहंताको मदले चुर भएर मुसल युद्ध गर्दा मास्सिने आफै हुन भन्ने चेत पलाएका भए मन्त्रि जस्तो पदमा पुगेका व्यक्तिले आफ्नै पिता समानको फोटोमा कालोमोसो दल्न्ने जस्ता घटिया काम पक्कै पनि गर्दैन थिए होलान ।

जनताका पार्टीका नेताहौ भन्नेहरुले जनताको छोराछोरी उचाल्ने, पछार्ने र सत्ताको साँचो आफ्नो हातमा हुँदा आफ्ना आसेपासेहरुलाई मकैको दाना छर्केर चुप लगाउनु बाहेक अरु केहि काम गरेको छैन । मालिक भक्तिमा अब्बल छन नेपाले कम्निस्टका लाल सेनाहरु । यिनका लाल मालिकहरुको अगाडी उत्तर कोरियाको नाति रास्ट्रपति लाल जोंग पनि फेल खान्छन ।

मालिक भक्तिको नमुनामा हाम्रो हेटौडा राम्रो हेटौडाको घामेहरुलाई हेरे पुग्छ । २८ बर्षमा बिकासको नाउँमा बाटोमा अशोकको रुख र नाम सहिदको तर आफ्ना कार्यकर्ताहरुको जागिरको जोहो गर्न खोलिएको स्मारक र च्याउ जस्ता उमारिएर बिदेसिको दानापानीमा हुर्काईएका आईएनजीओ/एनजिओ बाहेक अरु सिन्का भाचेको छैन । जनताको लागी लडेका हौ भन्नेहरुले बन्द भएका उधोग कलकारखानाहरु खोलायेर युवाहरुलाई बिदेसिन बाध्य पार्दैन थिए  तर यस्ता कुराहरुमा आँखा चिम्लेर बस्नेहरु यतिखेर किन चाहियो हेटौडा प्रादेशिक राजधानी भन्न लाज मान्दैनन । लाज मान्नु पर्ने कारण पनि छैन किन भने पिता परमेश्वरको बासस्थाननै राजधानी बनाउनु जरुरि भएसी मध्यमान्चल बिकास क्षेत्रको राजधानीलाई नै प्रादेशिक स्वरूपमा लैजानु पर्छ भन्ने सोच कसरी पलाउनु ।

लाल विधा आर्जन गर्नु भनेको बिकास हैन बिनास कसरी गर्नु पर्छ भन्नलाई रैछ । बिदेसी दानापानी भित्र्याउनु भनेको देशको बिनास गर्नु हो । देश जोड्नेले दिएको अर्ति उपदेशलाई चटक्क बिर्सेर हिजो ताबेदारीको बिरोध गर्नेहरु आज ताबेदारी विधामा पारङ्गत गराउन माहिर भएका छन । हुक्के बैठके ढोके र चम्चे जन्माउन, हुर्काउन र पालन पोषण गर्नमा श्री ३ को सर्खारलाई समेत मात खुवाएका छन भने नेपालका लालबहादुरहरु अझै पनि पंचायत र राजतन्त्र फर्केर आफ्नो चिरहरण होला भन्ने भयले आफ्ना चाटुकारहरुलाई दानापानी छर्केर समय समयमा बिरोधको खेति गराउन भने भुलेका छैनन ।

पर्सा जिल्लाको सदरमुकाम तथा बाणिज्य नगरी बिरगंज भारतीय सीमामा पर्दछ । सिमानाको पिल्लर मरम्मत तथा नयाँ बनाउने निहुँमा आफ्ना जनताहरु रातारात नेपाली बाट भारतीय बनेको पत्तो नपाउने नेपालका लाल गुरिल्लाहरुले हिजो पंचायती शासनमा भारतीय बिस्तारबाद- मुर्दाबाद भनेर  नारा लगाएकै हुन । त्यतिले नपुगेर दुई बिस भन्दा माथिको माग राखेर १२ बर्ष सम्म आफ्नै दाज्यूभाई तथा दिदि बहिनिहरुको सर कलम गर्ने खेलमा लाग्नु भन्दा अगाडीको माग पत्रमा छिमेकी भारत बिरुद्द के के र कस्ता सब्दबाण हानेका थिए त्यो समेत बिर्सदै प्रदेसको राजधानीको निहुमा एक आपसमा मुसल हानाहान गर्नु भनेको जसरि यदुबंसी सकिए त्यस्तै गरि नेपाले यदुबंसीहरुको पनि सक्किने मिति आएछ भनेर बुझ्नु पर्ने भएको छ ।

प्रकाशित मिति: २०७४/१०/०७ गते

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu