हिन्दुको सर्बोच्च गुरु शंकराचार्य हुनेक्रममा परेकी विश्वकै पहिलो नारी नेपाली चेली हेमानन्द (भिडियो)

नेपालभूमि कहिल्यै कसैको गुलाम बनेन यसमा हामी सबैले गर्व गर्नु पर्छ। मैले कहिले पनि आफुलाई नारी ठानिन।

-हेमानंद गिरि , पहिलो नेपाली महामंडलेश्वर महाराज

हरेक धर्ममा एक्जना सर्बोच्च धर्म गुरु हुन्छन। त्यसै गरेर हिन्दु धर्मको सर्बोच्च गुरु भनेर शंकराचार्यलाई भनिन्छ।शंकराचार्य छनौट गर्ने विभिन्न मापदण्ड र चरणहरु हुन्छन।ती सम्पूर्ण मापदण्ड पुगेका र छनौटको चरण पार गरेको व्यक्ति नै शंकराचार्यमा नियुक्त हुन्छन। यसपटकको शंकराचार्य छनौटको अन्तिम चारमा विश्वमै पहिलो पटक एकजना महिला परेकी छिन अर्थात् छनौटमा परेकी छिन। ती अरु कोहि नभएर नेपाली चेली नै हुन्। उनी हुन् महामंडलेश्वर हेमानंद गिरि ।

सामान्य मानिसलाई सुन्दा पनि अचम्म लाग्ने एउटी महिला त्यो पनि महामंडलेस्वर भन्ने लाग्न सक्छ। त्यसैले हिन्दु धर्म, महामंडलेस्वर अनि शंकराचार्य बारेमा एपी १ टेलिविजनसंग कुरा गर्दै हेमानंद गिरि भन्छिन ”अनंतेश्वोर विभूषित भनेको यो महामंडलेश्वोर नागा संयासीहरुको अखडा संगठन हो जसलाई दशनामी सन्यासी पनि भनिन्छ ,तेह्र वटा संस्था मिलेर जुन जुना अखडा बनेको हुन्छ जसले कुम्भ मेला लगायतको समयमा आफ्नो भूमिका निर्बाह गर्छ। त्यो अखडाको म अहिले महामंडलेस्वर हु। महामंडलेश्वर भनेको गुरु पद अर्थात् आचार्य पद हो। यो सेनापति पद पनि हो। जुना अखडामा लाखौ नागा सन्यासी हरु छन्। म ती लाखौ नागा संयासीहरुको सेनापति हु।त्यसैले म अहिले गुरु पदमा आसिन छु।”

कुराकानीका क्रममा आफुलाई यो महामंडलेश्वर पद कसरी प्राप्त भयो भन्ने बारेमा प्रष्ट पार्दै हेमानंद गिरि भन्छिन ”२ वर्ष अगाडी उज्जैनको कुम्भ मेलाले लगभग ९ करोडको उपस्थितिमा यो पदको चयन गर्दा देश भित्र तथा बाहिरबाट ६ जना व्यक्तिहरुलाई चयन गरियो जसमध्य एकजना म मात्र महिला नेपालबाट प्रतिनिधित्य्व गरिरहेकी थिए। यो पदले धर्ममा निकै महत्व राख्छ।”

हेमानंद गिरि नेपाली चेली भएर पनि उनि धेरै जस्तो भारतमै बस्छिन। भारतीय संचार माध्यमहरुले उनको बारेमा लेखिरहेका हुन्छन, बोलिरहेका हुन्छन तर नेपाली मिडियामा भने गिरि त्यति देखा परेकी छैनन्। एउटी महिला भएर पनि पुरुषहरु संग प्रतिस्पर्धा गर्दै तपाई कसरी पदीय यो सोपान सम्म पुग्नु भयो भन्दा उनी मुसुक्क हाँस्दै भन्छिन ”मैले आफुलाई कहिल्यै नारी ठानिन  किनकि महिला र पुरुषको विभेद सत्य युगमा थिएन। हाम्रो सनातन परम्पराबाट सिंचित मान्छे हुँ म। जब मान्छेको सिर्जना भयो पहिलो सिर्जना छोरीको सिर्जना भएको थियो। त्यसैले मैले आफुलाई कहिलयै महिला ठानिन। हामीमा जुन अदम्य साहस, उत्साह हुन्छ त्यही लिएर म अघि बढेको मान्छे हो, हाम्रो सनातन परम्परा विचारको जेलमा संकीर्णताको जेलमा पर्यो।अभावको जेलमा पर्यो। भावानाबिहिन्ताको जेलमा पर्यो। धेरै पछी मात्र महिला विभेद सुरु भएको हो। जस्तै महिलाले शालिग्राम पूजा गर्नु हुदैन आदि इत्यादि  ।”

नेपाली भूमिलाइ कसैले गुलाम बनाउन सकेन त्यसमा सम्पूर्ण नेपालीहरुले आत्मगौरव गर्नु पर्छ भन्ने कुरामा गिरि जोड दिन्छिन ”किनकि नेपाल भनेको सीता माता र पार्वती माता जन्मिनु भएको देश हो।बुद्ध भगवान जन्मेको देश हो नेपाल। पाणिनी, वेदव्यास, जनक राजा लगायतको देश हो हाम्रो। चार वेदमा अथर्व वेद हाम्रै नेपालमा बसेर लेखियो। यो गौरव पूर्ण इतिहास प्रति हामीले गर्व गर्नु पर्छ। आत्मशक्ति कम्जोर भएको कारणले गर्दा नै आज नेपाल अशान्त भएको छ।”

नागा अघोर परम्परा बाट दीक्षित भएकी गिरि अध्यात्म भनेको आत्मगौरब्लाई जगाउने माध्यम हो भन्दै अगाडी भन्छिन ”वेद भनेको विज्ञानको पराकाष्ट हो” दलित महिला दिदि बैनिहरुलाई समेत मैले गायत्री मन्त्र उच्चारण गर्न सिकाई सकेकी छु। हामी हाम्रो धर्मको सन्दर्भमा देखापरेको संकीर्णताबाट माथि उठ्नु पर्छ।

आफ्नो मिहिनेत, अध्ययन, लगन र लक्ष्य प्राप्तिको दरो अठोटका कारण शंकराचार्य पदको प्रबल दावेदार हेमानन्द गिरि संगको ज्ञानबर्द्धक, रोचक अनि जानकारीमूलक कुराकानी सबै हेर्नका लागि तल लिंकमा  क्लिक गर्नुहोस।

यहाँ क्लिक गर्नुस पहिलाे नेपाली महामण्डलेश्वर ”हेमानन्द गिरी”

प्रकाशित मिति:२०७४ माघ ७ ,आइतबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu