स्वास्थ्य क्षेत्र नै तहसनहस भएपछी डा.केसीका समर्थक गगन थापा जस्ताहरुलाई सबैले थुक्नेछन

गोविन्द केसी र भारतका राम रहिम बाबा एकै हुन

डा.केसीको आन्दोलान माथि जबसम्म सरकारले हस्तक्षेप गर्दैन।तबसम्म मेडिकल क्षेत्रको समस्या समाधान हुदैन।

 

न्युज २४ को टक शो कर्पोरेटमा कुराकानीको क्रममा बिएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईले आफ्ना बाबु बराजुको सामाजीक कामको बखान र डा.गोविन्द केसीको बदख्वाइ बाहेक केहि गरेनन। डा. केसीको अनसनलाई लिएर समेत प्रत्येक कुरामा उनले व्यंग्य गरिरहे।नेपाली कांग्रेस को सरकार डा।केसीको समर्थनमा रहेको चर्चा गर्दै दुर्गा प्रसाई भन्छन” गगन थापा डा.केसीका नेता हुन्। डा.केसी सेलिब्रिटी बन्न खोज्दै छन्। डा. केसीको यो निरन्तरको अनसनले स्वास्थ्य क्षेत्र नै तहस नहस हुनेछ र त्यसबेला गगन थापा जस्ता मान्छेलाई आम नेपालीले थुक्ने छन्।

कुराकानीको क्रममा डा। केसीको आन्दोलनलाई आन्दोलन नै हैन भन्दै उनि भन्छन ”फूड स्ल्यायीन लिएर पनि अनसन हुन्छ ? अनसन बस्ने भए त जानु पर्यो खुल्ला मन्चमा। डा. केसीसंग आन्दोलनमा सरिक हुने डाक्टरहरु नै भन्छन ”डा. केसीले यो आन्दोलन किन गर्या होलान, अचम्म लाग्छ।त्यसो भए तपाई हरु किन केसीको आन्दोलनमा सरिक हुनु भएको भनेर सोद्धा उनीहरु भन्छन ” त्यो सबै बाध्यता हो”।

सरकारको कामकारवाही र क्रिया कलापको आलोचनामा भन्दा पनि प्रसाइले डा. केसीको आलोचनामै धेरै समय र शब्द खर्च गरे। अत्यन्त आक्रामक मुद्रामा उनि भन्छन”जबसम्म सरकारले डा.केसीको अन्दोलनमाथि हस्तक्षेप गर्दैन तबसम्म मेडिकल क्षेत्र को समस्या समाधान हुँदैन।”

मेडिकल क्षेत्रको अध्यानको सन्दर्भमा पटक पटक रातो बंगला स्कूलको उदाहरण दिदै बडो अभिमान पूर्वक उनि भन्छन ” जो संग पैसा छ उसले पढ्छ  जो संग पैसा छैन उसले पढ्दैनन” ।

मेडिकल क्षेत्रको नीति नियम बनाउने हरुमाथि पनि नामै लिएर आक्रामक ढंगले प्रस्तुत हुदै उनि भन्छन  ”यहाँ कामै गर्नु नपर्ने माछे विज्ञ हुन्छन। मलाई दिउन न जिम्मेवारी, म देखाई दिन्छु, विज्ञता कस्तो हुन्छ रु मेडिकल कलेज चलाउन के कस्तो नीति नियम बनाउनु पर्छ” ?

कुराकानीलाई फेरी पनि डा.केसीप्रति मोड्दै उनि भन्छन ”तर यहाँ भनेर हुने वाला केहि छैन। अब डा.केसीको पन्ध्रौ अनसन कहिले सुरु हुन्छ। त्यो मात्र हेर्न बाँकी छ।”

दुर्गा प्रसाई संगको अत्यन्त रोचक, घोचक र विचारोत्तेजक कुराकानी हेर्नका लागि भिडियोमा क्लिक गर्नुहोस।

प्रकाशित मिति: २०७४ माघ ७ , आइतबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu