बिश्वकै अनुपम सौन्दर्ययुक्त विश्वको सबैभन्दा बढी उचाईमा रहेको नेपालको ‘तिलिचो ताल’ (भिडियो)

तिलिचो ताल -वरिपरि हिमालले घेरिएको तिलिचो तालको दृश्य प्राकृतिक नभई कुनै चित्रकारले पोतेको सुन्दर पेन्टिङ झैँ लाग्छ । सङ्लो पानीको प्रवाहमा फैलिएको हिमतालको वरिपरिको कञ्चन कहानी शब्दमा वर्णन गरिसाध्य छैन् ।

विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक हो । हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ । यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ ।

वरिपरीको हिमाल: तिलिचो, निलगिरी, खंग्सार तथा मुक्तिनाथ हिमाल

तिलिचो ताल विश्वको सबैभन्दा उचाईंमा स्थित कहिलिएको दक्षिण अमेरिकाको पेरु तथा बोलिभियाको सिमानामा रहेको टिटीकाका ताल भन्दा ११०७ मिटर अग्लो रहेको छ ।

४ हजार ९ सय १९ मिटर उचाइको तिलिचो तालमा पुगेका पर्यटकहरु तालमा पुगिसकेपछि जीवनमा निकै ठूलो उपलब्धी हासिल गरेको अनुभूति गर्दछन् ।

हिमालको हिउँलाई टेकेर अनेक जोखिमहरु मोलेर संसारको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल पुगेका पर्यटकहरुले आफूले संसार जितेको अनुभुति गर्दछन् ।

विश्वकै उत्कृष्ट गन्तव्य चक्रीय अन्नपूर्ण पदमार्ग र यसको पनि उत्कृष्ट गन्तव्यका रूपमा तिलिचोलाई लिने गरिन्छ ।

तिलिचो ताल धार्मिक रुपले पनि निकै महत्व मानिन्छ । परापूर्वकालमा भगवान् शिवले तपस्या गरेर बसेको र कागबेसिनी ऋषिले ज्ञान पाएको किंवदन्ती छ । हिन्दू धर्मावलम्बी तीर्थ व्रतका लागि पनि आउने गर्दछन् ।

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu