साझेदारीको लागि साझेदारीमा सफल मह जोडीले दिएको यो भिडियो संदेश अबश्य हेर्नुहोस

सफल साझेदारीका पाठहरु: मदनकृष्ण श्रेष्ठ, हरिवंश अाचार्य, प्रस्तोता: गुणराज लुइँटेल

मदनकृष्ण र हरिवंश (मह) कति लोकप्रिय कलाकार जोडी भने विश्व मानचित्रका ४८ मुलुक पुगिसकेका छन् । हरेक कुनाका नेपालीले सद्भावना दूतजस्तो सम्मान दिन्छन्, घरकै सदस्यजस्तो व्यवहार गर्छन् ।

फर्कंदा खल्ती पनि भरिएकै हुन्छ । जहाँ गए पनि शुभेच्छुकका सद्भाव र शुभकामना पाएका छन् । देशभित्रै पनि उनको दौडधुप उस्तै हुन्छ । बैठक, सभा–समारोह, विमोचन, सम्मानमा भ्याइनभ्याइ ।

मदनकृष्ण आफैँ पनि पार्किन्सन रोगबाट पीडित यन्त्रमानव भइसकेका छन् । दसवर्षे ब्याट्रीसहितको पेसमेकर जोडिएको छ उनको तालुमा । मुलुकमै पहिलो पटक त्यस्तो मेसिन राखिएको थियो केही वर्ष पहिले ।

यसबीचमा उनले हरिवंश आचार्यसँगै अमेरिका र क्यानडाका ३४ ठाउँमा प्रहसन दिए । युरोपका साथै जापान, कोरिया, मकाउ, हङकङ पुगेर हँसाए ।

गाईजात्रा महोत्सवको दोस्रो वर्ष चिनजान भएको हो हरिवंशसित । १४ वैशाख ०३८ मा नेपाल राष्ट्र बैंकको रजत महोत्सव समारोहमा प्रहसनका लागि मदनकृष्ण र हरिवंशलाई छुट्टाछुट्टै बोलाएका रहेछन् गायक रुबी जोशी (हालै दिवंगत)ले । राजा वीरेन्द्र र रानी ऐश्वर्य आउने कार्यक्रममा दुवै मिलेर ९० मिनेटको प्रहसन ‘बैंकेश्वर’ देखाए । त्यतिबेला राजारानी र आमदर्शक हाँसेको मदनकृष्णलाई अझै स्मरण छ ।

लोकप्रिय मह जोडीले नेपाल लिटरेचर फेष्टिभल २०१७ मा सर्वाधिक रुचाएको र सबै भन्दा प्रभावशाली मानिएको मह जोडीसंगको संबाद सेशन
सफल साझेदारीका पाठहरु जसले साझेदारीको लागि दिएको यो संदेश सबैले सुनेमा अति राम्रो छ ।

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu