नेपाल बचाउने हो भन्ने नेपाल बिगार्ने आइएनजिओहरुलाई खेदाउनै पर्छ: रबि (भिडियो)

नेपाललाई सहयोग गर्ने बहानामा बिभिन्न देशका आइएन्जिओहरुले नेपालमा खेल्दै आएको शंकास्पद गतिविधिले गर्दा नेपालमा आइएन्जिओहरुको भूमिकालाई लिएर ठुलो बहस शुरु भएको छ । कतिपय ब्यक्तिहरुले आइएन्जिओ मात्रै होइन एनजीओलाई समेत बन्द गर्नु पर्ने माग उठाउदै आएका छन् ।

जातीय विभेद , लैंगिक विभेद , क्षेत्रीय विभेद लगायत समाजको बिभिन्न विभेदलाई न्याय र समानता दिलाउने भन्दै यस्ता मुद्दाहरुलाई समाधान गर्नको साट्टो यस्तो मुद्दालाई अझ उल्झाएर नेपाली समाजलाई भड्काउने र देशलाई सधै द्वन्दमा धकेल्दै नेपालको सार्वभौम सत्ता एकता अखण्डता माथि नै प्रश्न उठाउन समेत थालेको देखियो जसले गर्दा नेपालमा आइएन्जिओहरु माथि कडा निगरानी हुनु पर्ने देखिएको छ ।

यही आइएन्जिओको बिषयलाई नेपाली टेलिभिजन इतिहासकै सफल कार्यक्रम सिधाकुरा जनतासंगको ९६ औ भागमा प्रस्तोता रवि लामीछानेले समेत उठाएका छन् । उक्त भागको शुरु मै आइएन्जिओप्रति रविले आगो ओकल्दै ब्यक्त गरेको बिचार यस्तो छ:-

भनिन्छ जबसम्म कुनै मुलुकमा आईएनजियोहरु सक्रिय हुन्छन त्यो मुलुक अविकसित , अशान्त र गरिब रहन्छन । आफ्ना मुद्दाहरु स्थापित गराउन र कतिपय मुलुकमा धर्म परिवर्तन गराउन आइएन्जिओहरु सक्रिय हुन्छन भने आरोप लाग्दै आएको छ । सामाजिक क्षेत्रको बिकाश यस्तै शिक्षा ,स्वास्थ्य ,बिकाश निर्माणको क्षेत्रमा आइएन्जिओहरुको सक्रियता सामान्य मानिन्छ तर कतिपय आइएन्जिओहरु मुलुकमा विद्यमान जातीय , क्षेत्रीय , लैंगिक विभेदहरु अन्त्य गर्ने नाममा उल्टो ति मुद्दाहरु भड्काइ रहेका हुन्छन ।

केहि लोभीपापी सरकारी र गैरसरकारी ठालुहरु छन् जो विदेश घुम्न पाइने लोभमा यस्ता आइएन्जिओहरुसंग साझेदारी गर्दैछन् । यस्ता लोभीपापीहरु आइएन्जिओहरुका प्रियपात्र हुन् । ठुलो हवाईजहाज चढेर फ्री मा विदेश घुम्ने लोभमा धेरै मानिसहरु बिकेका छन् ।

स्थानीय क्षेत्रमा आफ्नो प्रभाव बढाउन अब धेरै आइएन्जिओहरु नव निर्वाचित स्थानीय जनप्रतिनिधिहरुसंग साँठगाँठ बढाउन खोज्दैछन् । बिभिन्न सेमिनार , गोष्ठी र मिटिंगमा लैजाने प्रस्ताब लिएर आउनेछन् । नवनिर्वाचित जनप्रतिनिधिहरु कृपया यस्ता प्रस्ताबहरु अस्विकार गर्दिनु होला ।

जति छिटो देशबाट आइएन्जिओहरु बिदा गर्न सक्यो त्यति राम्रो हुन्छ तर यसका बाबजुद पबित्र उद्देश्यका साथ यो मुलुकलाई सहयोग गर्ने असल नियतका आइएन्जिओहरुलाई चै मनैबाट धन्यबाद छ ।

 

हेर्नुस भिडियो 

प्रकाशित मिति: २०७४ फाल्गुन १२ , शनिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu