प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओली नियुक्त भएको खुशियालीमा इजरायलमा दिप प्रज्वलन गरिदै

नेपालको ४१ औ प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त भएपछी कार्य सफलताको बधाई तथा शुभकामना गर्दै इजरायलमा दिप प्रज्वलन हुने भएको छ ।

इजरायलमा रहेको प्रवासी नेपाली मंचद्वारा आयोजित इलाद भ्रमणका क्रममा भोलि शुक्रबार बेलुका उक्त कार्यक्रमको आयोजना गर्नलागिएको हो । इलाद स्थित एक हलमा हुन गइरहेको उक्त कार्यक्रममा सरिक हुन् इजरायलमा कार्यरत सम्पूर्ण नेपालीहरुलाई आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रम बारे जानकारी गराउदै मंच इजरायलका अध्यक्ष तिर्थ गौतमले  संघिय गणतन्त्र नेपालको जन निर्वाचित ४१ औ प्रधानमन्त्री एमाले- माओवादी केन्द्रको गठवन्धनको भारी बहुमतका साथ नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली बन्नुभएको र वहालाई बधाई तथा शुभकामना ब्यक्त गर्दै कार्यकालमा मातृभूमी नेपालको आर्थिक र सामाजिक क्षेत्रको बिकास भै नेपाली जनतामा शान्ती, सम्बृद्ध र चाहना तर्फ उन्मुख होस भन्दै इतिहास र निष्ठाको निरन्तरता, दृढ़ता अदम्य साहसका पर्याय र स्वप्नदर्शी अध्यक्ष केपि शर्मा ओलीले नेपाली जनताले चाहे बमोजिमको नेतृत्व गर्दै राजनितीमा इमान्दारिताको खडेरि भएको बेला इच्छा शक्ति र नैतिकता हुदा धेरै गर्न सकिन्छ भन्ने उदाहरण बनेर देखाउन अनुरोध गरेका छन् ।

उनका अनुसार जनताले शुसासन पाउन अार्थिक समृद्धि अाय अार्जनमा जनतालाई सामेल गराउनु, भ्रष्टाचारको अन्त गर्नु पारदर्शिता र जवाफदेहिता नेपालीको चाहाना यो पूरा गर्ने जिम्मेवारी नेपाली जनताले एकीकृत नेपाल कम्युनिस्ट पाटीलाई दिएका छन । यो अग्नि परीक्षा हो नेपाली समाजलाई कम्युनिस्ट विचार, मार्क्सवादी सिद्धान्त र समाजवादी कार्यक्रम र नीतिमा आधारित रहेर साम्यवाद तर्फ उन्मुख गराउने भुमिका निर्वाह गर्नु हुनेछ । संविधानमा रहेको व्यवस्थालाई जनताको हितमा प्रयोग र उपयोग गर्दै समृद्ध नेपाल निर्माणका लागि यो कार्यकाल उपलब्धि मुलुक, सुनौलो र सफल रहोस । साथै नेपाली जनताले चाहेको शक्तिशाली प्रगतिशील वाम शक्तिलाई दिर्घकालिन वा असिमित एकताले निरन्तरता पाउने गरी एकताबद्ध राजनीतिक शक्ति निर्माणमा महत्वपूर्ण अगुवाई गर्नु हुनेछ । यहीँ शुभेच्छा र कामनासहित नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई प्रवासी नेपाली मंच इजरायलको तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको जानकारी पनि गराएका छन् ।

प्रवासी नेपाली मंच इजरायलद्वारा जारि सुचना 

४१औं प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीलाइ हार्दिक बधाई तथा शुभकामना कार्यक्रम सहित प्रवासी नेपाली मंच इजरायल द्वारा आयोजित इलाद ऐतिहाँसिक भ्रमण मा सरिक हुन् इजरायलमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाईतथा दिदिबहिनीहरुलाइ हार्दिक निमन्त्रणा गर्दछौ । संघिय गणतन्त्र नेपालको जन निर्वाचित ४१ औ प्रधानमन्त्री एमाले- माओवादी केन्द्रको गठवन्धनको भारी बहुमतका साथ नेकपा एमालेका आदरणीय अध्यक्ष केपि शर्मा ओली बन्नुभएको छ ।

बधाई तथा शुभकामना ब्यक्त गर्दै वहाँको कार्यकालमा मातृभूमी नेपालको आर्थिक र सामाजिक क्षेत्रको बिकास भै नेपाली जनताको शान्ती र सम्ब्रिद्दिको चाहना तर्फ उन्मुख होस । विश्वास छ इतिहास र निष्ठाको निरन्तरता, दृढ़ता अदम्य साहसका पर्याय र स्वप्नदर्शी अध्यक्ष केपि शर्मा ओलीले नेपाली जनताले चाहे बमोजिमको नेतृत्व गर्दै राजनितीमा इमान्दारिताको खडेरि भएको बेला इच्छा शक्ति र नैतिकता हुदा धेरै गर्न सकिन्छ भन्ने उदाहरण वनेर देखाऊनुस जनताले शुसासन पाउन अार्थिक समृद्धि अाय अार्जनमा जनतालाई सामेल गराउनु भ्रष्टाचार को अन्त गर्नु पारदर्शिता र जवाफदेहिता नेपालीको चाहाना यो पूरा गर्ने जिम्मेवारी नेपाली जनताले एकीकृत नेपाल कम्युनिस्ट पाटीलाई दिएका छन । यो अग्नि परीक्षा हो नेपाली समाजलाई कम्युनिस्ट विचार, मार्क्सवादी सिद्धान्त र समाजवादी कार्यक्रम र नीतिमा आधारित रहेर साम्यवाद तर्फ उन्मुख गराउने भुमिका निर्वाह गर्नु हुनेछ ।

संविधानमा रहेको व्यवस्थालाई जनताको हितमा प्रयोग र उपयोग गर्दै समृद्ध नेपाल निर्माणका लागि योकार्यकाल उपलब्धि मुलुक, सुनौलो र सफल रहोस । साथै नेपाली जनताले चाहेको शक्तिशाली प्रगतिशील वाम शक्तिलाई दिर्घकालिन वा असिमित एकताले निरन्तरता पाउने गरी एकताबद्ध राजनीतिक शक्ति निर्माणमा महत्वपूर्ण अगुवाई गर्नु हुनेछ |यहीँ सुभेच्छा, हार्दिक कामनासहित नवनिर्वाचित प्रधानमन्त्री कमरेड केपि शर्मा ओलीलाई प्रबासी नेपाली मंच इजरायलको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu