प्रहरी अधिकारी भन्छन् -जो सलवलाउछन् त्यसको हालत मनोज पुनको समूहजस्तै हुन्छ

२०७२ भदौं ३ बजे सामाखुसीमा कुमार घैंटे प्रहरी इन्काउन्टरमा मारिएपछि पलायन भएका थिए, समिरमानसिंह बस्नेत।

मितको नाता जोडेका घैंटेसँग मिलेर चन्दा आतंक मच्याउन उनको प्रमुख भूमिका रहने प्रहरीले थाहा पाएपछि उनलाई पक्राउ गर्न अपराध महाशाखाले टोली नै खटाएको थियो। तर बस्नेत भने भाग्न सफल भएका थिए।

बस्नेतलाई भगाउन उनकी ठुलीआमाका छोरा डिएसपी कुमोध ढुंगेलले सहयोग गरेको भन्दै आलोचना भएको थियो।

घैंटे इन्काउन्टरपछि भारतको गोवा पुगेका बस्नेतको त्यहाँ मनोज पुनसँग भेट भएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको थियो।

भारतमा बसेर रूपन्देहीका धनाढ्यहरुलाई तर्साएर उनीहरुले एकै दिन ८० लाखभन्दा बढी रुपैयाँ उठाउने गरेका थिए।

२०७३ असोज २३ गते गौरीघाटस्थित दिब्या पार्टी प्यालेसमा गुन्डा नाइके दाबा लामामाथि ३ राउण्ड गोली प्रहार भयो।

२०७३ साल पुस ४ गते रुपन्देहीमा युवा संघका जिल्ला अध्यक्षमाथि गोली प्रहार गरी हत्या भयो। २०७४ असोज २३ गते राजधानमै निर्माण ब्यवसायी संघका अध्यक्ष शरद गौचनको गोली हानी हत्या भयो।

२०७४ पुस २१ गते रुपन्देहीमा नै काठ व्यवसायी बसन्त पौडेलको पनि गोली हत्या भयो। यी सबै घट्नाको जिम्मा पनि मनोज पुन समूहले लियो।

गोली प्रहारबाट ब्यवसायीको हत्या हुने क्रम बढ्दै गएपछि प्रहरी मनोज पुन र समिरमानसिंह बस्नेतको खोजीमा लाग्यो। नेपाल प्रहरीले उनीहरु विदेशमा लुकेर बसिरहेको भन्दै इन्टरपोल गुहार्‍यो

गत मंसिर १७ गते समिरमानसिंह बस्नेत पक्राउ परे। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले उनलाई भारतबाट पक्राउ गरेर नेपाल ल्यायो।

प्रहरीसँग वयानको क्रममा बस्नेतले दुर्गा तिवारीको हत्यापछि मनोज पुनसँग विवाद भएको र आफूहरु छुट्टिएको वयान दिएका थिए।

गौचन हत्यामा पुनको नभइ आफ्नो समूहको सम्लग्नता रहेको उनले बताएका थिए।

पत्रकार सम्मेलनमा सिआइबीले उनको आवाज समेत सुनाएको थियो। गौचन हत्या काण्डमा मनोज पुनका सहयोगी भनिने सुटर श्याम गोम्बो पक्राउ परिसकेका छन्।यो खबर डिल्ली पाण्डेले सेतोपाटीमा लेखेका छन् ।

प्रकाशित मिति : २०७४ फागुन ९,बुधबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu