प्रधानमन्त्री मोहनसम्सेरले भारतसंग दह्रो अडान नलिएको भए नेपालको अस्तित्व चिलिम चट्हुन्थ्यो

त्यति बेला हामी तपाईं सबै यति धेरै राणा बिरोधी थियौं कि राणा सरकारले गरेको नराम्रो कामहरू मात्र देख्यौं उनीहरूले राम्रो कुरामा हामी सबैले कसिलो पट्टि बाँधी राख्यौ।

कतिलाई थाह होला त्यति बेला मोहनसम्सेर र दुत बनी गएका बिजय सम्सेर नभएको भए र उनीहरूले भारतसंग दह्रो स्ट्याण्ड नलिएको भए नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमिकता तेति बेलै चिलिम चट् हुन्थ्यो होला।

त्रिभुवनलाई आफ्नो बसमा राख्न र भारतका अरू रजौटा सरह राख्न बाध्य गरे पछि मोहन सम्सेरलाई झिकाएर बिजय सम्सेरको अगाडी भने नेहरूले, “I don’t think that Rana regime will be any more sustainable. Therefore it wil be wise enough to handover Nepal’s sovereignty back to the king.”

यसको जवाफमा मोहन सम्सेरले भने, ” Mister Nehru, we know very well that our (Rana) regime is not sustainable. We also want to come out if it. But not by transferring the power to the king as such. We want to give the sovereign rights back to the people something like you and Indian leaders achieved.”

नेहरुले अनेक कुरा गरि मोहन सम्सेर र बिजय सम्सेरलाई फसाउन नसके पछि पहिलो चरणको बार्ता असफल भयो। पछि नेहरुले चलाकि ढङ्गले पछि बोलाएर निकासा दिन मोहन सम्सेर फर्के पछि राजा त्रीभुबनलाई ससम्मान राजा कै रूपमा फर्काएर सम्मान गर्ने, र त्रीभूवनले पनि खेस्रामा उल्लेख गरे झैं त्यो ऐतिहासिक शाही घोषणा गर्ने भनि अलिखित समझदारी भएको हो। राणालाई शाही घोषणा यसरी लत्याइने छ भनि भनक भएन, किन भने त्यति बेला शाही घोषणा बदर गरे राजा अाफै र आफ्ना सन्ततिहरूको निर्मूल हुने अन्धबिस्वास राणा र शाही परिबार दुबैमा थियो। जुन सांच्चिकै भए पनि।

यो कुरा मेरो पिताजीले भन्दा पनि पत्याइन। मे बुबा जो पहिले दर्बार स्कूलमा पढाइ सुरु गर्दा बिजय सम्सेरको क्लासमेट थिए र पछिसम्म साथी पनि (मेरो बुबाले पारिवारिक कारणले अंग्रेजी पढाइ छाड्नु भयो)। हामी हुंदै नभएको दिल्ली सम्झौता खारिज होस भन्ने रटानको नारा मात्र लगाई रह्यौं। पछि दिल्लीमा बिजय सम्सेरको बाथरूममा करेण्ट लागेर भनिएको रहस्यमयी हत्या पछि बुबाले भनेको कुरामा अली मात्र चस्को पर्यो र पछि नेकपा काठमाण्डु जिल्ला कमिटिको सचिब नोर्बु भनिएको मेरो एक मध्ये राजनैतिक गुरु महेश्वरमान श्रेष्ठले पुष्टि गर्दा मात्र अलि बिश्वास जाग्न थाल्यो ममा।

नेहरू परिबारले प्रजातन्त्र आई सके पछि बिजय सम्सेरसंग बिभिन्न हरकत गरि दूख दिई रहेको कुरा सुनें। बिजय सम्सेरको मन पर्ने एक रानीलाई मानन्धर थरको बिजय सम्सेरको सचिबको श्रीमती बनाई भगाउन मदत गरे भारतेलीहरूले भनि सुनें। याहाँ सम्म कि इन्दीरा गांधी संग उनको लसपस छ भनि हल्ला समेत चलाए। तर महेश्वरजी मोहन सम्सेरको बैठके भई सकेकोले न्यून वैतनिक कर्मचारीको सफल आन्दोलनको मूख्य कर्णधार भएको भए पनि महेश्वरनजी को कुरामा पूरा बिश्वाास भएन। पछि त्रीपक्षीय सम्झौता भनिएको त नेहरूले नेपालमा सशस्त्र क्रान्ति गरिरहेको नेपाली काङ्ग्रेसलाई पनि सम्झौतामा पटक्कै सहभागी नबनाएको थाह पाए पछि मात्र भरतीय जालो छर्लङ्ग भयो।

-पुर्वस्वास्थ्य मन्त्रि मथुराप्रसाद श्रेष्ठको फेसबुकबाट

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu