समाजसेवी पशुपती गुरुङ सहित ९ जना गोधुली साहित्य प्रतिष्ठानद्धारा सम्मानित

काठमाडौं । गोधुली साहित्यीक प्रतिष्ठानले संस्कार समाज नेपालकी अध्यक्ष पशुपती गुरुङ सहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ९ जनालाई अभिनन्दन तथा सम्मान गरेको छ ।

वरिष्ठ साहित्यकार भद्रकुमारी घलेको ८७ औं जन्म दिनको अवसर पारेर शनिवार आयोजना गरिएको उक्त कार्यक्रममा प्रतिष्ठानले बरिष्ठ संगीतकार बुलु मुकारुङसहित ४ जनालाई अभिनन्दन गरेको छ ।

सो प्रतिष्ठानले मुकारुङसहित जलेश्वरी श्रेष्ठ, डा. लक्ष्मणप्रसाद गौतम र डा. सिता शिवाकोटीलाई गोधुली विषेश अभिनन्दन गरेको हो ।

त्यस्तै प्रतिष्ठानले समाजसेवी पशुपति गुरुङसहित ५ जनालाई विषेश सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा रथी बलदेव महत, अमृत बिश्वकर्मा, खेम तिरुवा र शशी थापा पण्डित छन् । उनीहरुलाई बरिष्ठ साहित्यकार बसन्तकुमार शर्मा नेपाल र भद्रकुमारी घलेले संयुक्त रुपमा सम्मान गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष प्रकास समिरको अध्यक्षतामा भएको सो सम्मान कार्यक्रममा भाषासेवी तथा समाजसेवी संस्कार नेपालकी अध्यक्ष पशुपति गुरुङले हामी पछाडी पर्नुको कारण हाम्रो संस्कार र सोच रहेको भन्दै पहिला हामी बद्लिनुपर्ने बताउँदै संस्कार समाज नेपाल त्यही सामाजिक रुपान्तरणको महान लक्ष्य लिएर अभियान चलाइरहेको बताइन ।
त्यस्तै, बरिष्ठ साहित्यकार शर्माले साहित्य र कलाको माध्यमबाट समाज परिवर्तनमा योगदान पुर्‍याउन सक्नु नै महान कार्य भएको बताए ।

सो कार्यक्रममा भद्रकुमारी घले, सम्मानित हुनेहरुको तर्फबाट डा. लक्ष्मणप्रसाद गौतम, बलदेव महत, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइली, श्रष्टा लक्ष्मी उप्रेती लगायतले साहित्यमार्फत गोधुली साहित्यीक प्रतिष्ठानले पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

प्रकाशित मिति : २०७४ फागुन २०,आइतबार

 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu