उडिरहेको विमानमा हस्तमैथुन गर्ने एक बंगलादेशी पक्राउ

मलेसियाको क्वालालम्पुरवाट बंगलादेशको राजधानी ढाकाको लागी उडिरहेको मालिण्डो एयरको विमानभित्रै मलेसियन युनिभर्सिटिमा अध्ययनरत एक बंगलादेशी छात्र निर्वस्त्र हस्तमैथुन गर्दागर्दैं पक्राउ परेका छन्।

उनले विमानमा आफ्नो ल्यापटपमा अश्लील फिल्म हेर्दा उत्तेजनामा आएर निर्वस्त्र हुँदै विमान परिचारिकालाई अंगालो समेत मार्न गएका थिए।

पछि विमानका कर्मचारीहरुले पछाडीबाट हात बाँधेर उनलाई नियन्त्रणमा लिएका थिए।

विमानमा यात्रा गरिरहेका यात्रुले उनको यस्तो हर्कतलाई क्यामरामा कैद गरेका थिए। यो तस्वीर सामाजिक संजालमा समेत भाईरल भइरहेको छ।

ढाका पुगेपछि विमानका कर्मचारीले उनलाई बंगलादेशी प्रहरीको जिम्मा लगाईदिएको एयरलाइन्सका अधिकारीहरुले बताएका छन्।

प्रकाशित मिति : २०७४ फागुन २२,बुधबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu