मृगौला रोगबाट यसरी बचौ: शरिरलाई सन्तुलनमा राख्दै मृगौललाई सबैले बचाऔँः डा.रजनी हाडा (भिडियो)

हाम्रो मुलुकमा तपाईं–हामी जस्ता स्वस्थ भनाउँदाहरूमध्ये १० प्रतिशतजति मृगौलाका रोगी हुन्छौँ । तर, खासमा को चाहिँ मृगौला रोगी हौँ भन्ने कुरो सम्बन्धित परीक्षण नगराई थाहा हुँदैन । स्वस्थ भनाउने रोगी व्यक्तिहरूमा लक्षण देखिन थाल्दा मृगौला ६०/७० प्रतिशत क्षतिग्रस्त भइसकेको हुन्छ ।

मुलुकमा करिब ३० लाख व्यक्ति मृगौला रोगको जोखिममा छन् । तीमध्ये ३० हजार व्यक्तिको हाराहारीमा मृगौला नराम्ररी बिग्रने गरेकामा बर्सेनि ३ हजार जना राम्ररी, उपयुक्त रूपले डायलासिस सेवा पाए बाँच्छन्, नत्र तिनको मृत्युको विकल्प हुँदैन ।

समयमै उपचार नभए अगाडि गएर यस्तै बिरामीको मृगौला फेल हुन्छ । सबैभन्दा नराम्रो पक्ष के छ भने, आफूलाई स्वस्थ ठानिरहेका मात्र नभई अनुभव गरिरहेकाहरूसमेत मृगौला रोगले प्रभावित हुन सक्छन् । तपाईं आफूलाई स्वस्थ ठान्नुहुन्छ वा कुनै अप्ठयारो अनुभव भएको छैन भने पनि तपार्इंलाई मृगौला रोग भएको हुन सक्छ यसैले नियमित अन्तरालमा मृगौला परीक्षणको माध्यमले आफू स्वस्थ भएको सुनिश्चित गर्नुस् ।

बर्सेनि मृगौला परीक्षण गराऔँ – उमेरको तीन दशक नाघेका सबै स्वस्थ व्यक्तिले वर्षमा एक पटक रक्तचाप, सुगर र पिसाबको परीक्षण गराउनुपर्छ । रगतमा क्रिएटिनिनको पनि परीक्षण गराउन सकिन्छ तर यो देखिन थाल्दा मृगौला धेरै बिग्रिसकेको हुन्छ । यी सामान्य परीक्षण गराउँदा नै सरदर करिब ९५ प्रतिशत रोग पत्ता लगाउन देखिन्छ तेसैले सुरुकै अवस्थामा रोग पत्ता लगाउँदा मृगौला फेल हुने सम्भावनाबाट बाँच्न सकिन्छ ।

मृगौला रोगको लक्षणहरु
-अनुहार सुन्निनु ।
-आँखाको चारैतर्फ सुन्निनु, जुन प्राय: बिहान हुने गर्छ ।
-मृगौला फेल भएका अधिकांश रोगीमा सुन्निने लक्षण देखिए पनि केहीमा नदेखिन सक्छ ।
-वाकवाकी लाग्नु ।
-भोक कम लाग्नु ।

-कमजोरी अनुभव भइरहनु ।
-शरीरमा रगतको कमी हुनु ।
-कम उमेरमै उच्च रक्तचाप वा अनियन्त्रित रक्तचाप हुनु ।
-कम्मरनिर, मृगौला भएको ठाउँ दुख्नु ।
-खुट्टा सुन्निनु ।
-बारम्बार पिसाब लाग्नु, खास गरी राति ।

मृगौला रोगको बिभिन्न पक्षमा केन्द्रीत भएर डाक्टर रजनी हाडासंग गरिएको स्वास्थ्य सम्बाद पनि हेर्नुस

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu