दार्चुलाको काठको पुलभित्र लुकेको भारतीय स्वार्थ यस्तो छ तर किन बोल्न सक्दैन ओली सरकार ? (भिडियो)

भारतीय पक्षले नेपालको सहमतिबिना नै महाकाली नदीमा काठे पुल बनाएको छ । केही समयअघि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई सहमतिका लागि पत्राचार गरेको भारतीय पक्षले नेपाली पक्षले सहमति दिइनसक्दै त्रिदेशीय सीमा क्षेत्रनजिकै पर्ने लखनपुर, नजाङ खोला, दोपाखे र बुदीको कौथलामा चारवटा काठे पुल बनाएको हो । दार्चुलाको उत्तरी भेगमा पर्ने महाकाली नदी वारपारका लागि भन्दै अस्थायी रूपमा बनाइएको काठे पुलमा अहिले भारतले बाटो खन्न खटाएका मजदुरहरू आवतजावत गर्ने स्थानीयले बताए ।

भारतले अहिले कालापानीसम्म सडक निर्माणका लागि भन्दै बाटो खनिरहेको छ । केही समयअगाडि भारतीय प्रशासनले जिल्ला प्रशासन कार्यालय दार्चुलासँग डोजर ढुवानीका लागि बाटो माग गरेको थियो । दुई देश जोड्ने चारवटा झोलुंगे पुल निर्माण गर्ने, नेपाली भूमि भएर १२ किलोमिटर क्षेत्रसम्म गोरेटो बाटो प्रयोग गर्ने तथा दुईवटा काठेपुल र दुई किलोमिटर गोरेटो बनाउने उल्लेख छ । तर, यी सबै प्रक्रियामा रहेकै बेला भारतले एकाएक निर्माण सामग्री ढुवानीको लागि बाटो निर्माण गर्दै डोजर लगिसकेको छ ।

अनुमति नलिएरै भारतीय पक्षले एकलौटी रुपमा पुल बनाएपछि नेपालले त्यसको विरोध जनाएको छ । नेपाल भारत सूरक्षा समन्वय समितिको बैठकमा भारतले आफ्नो पक्षबाट गल्ती भएको समेत स्वीकार गरेको छ । केही दिनअघि महाकालीमा भारतले नेपाललाई थाहै नदिई काठे पुल बनाएको थियो ।

भारत उत्तराखण्डको पिथौरागढ जिल्लामा नेपाल भारत सुरक्षा समन्वयको बैठकमा नेपाली टोलीले विरोध जनाएपछि भारतीय पक्षले कमजोरी भएको स्वीकारेका छन् । दुबैतर्फ केन्द्र सरकारको अनुमति लिएर मात्रै काठेपुल र आवागमन सञ्चालन गर्ने निस्कर्षमा सीमा सुरक्षा समन्वय बैठक पुगेको छ । यसअघि भारतीय पक्षले एकतर्फीरुपमा नेपाल सरकारको अनुमतिबिनै महाकाली नदीमा पुल बनाई नेपाली भूमिमै आएर बाटो बनाएको थियो ।

राष्ट्रिय स्वाभिमानको कोणबाट नेपाल सरकारले जति दह्रो भएर बिरोध गर्नु पर्ने हो त्यो गरेको देखिन्न यही बिषयलाई संगम बनियाले पावर न्युजमा उठाएका छन् ।

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu