राष्ट्रको लागि जंगबहादुरले जति गर्न सक्छौ केपी ?

देवप्रकाश त्रिपाठी

प्रधानमन्त्री पद ग्रहण गरिसकेपछि केपी शर्मा ओली शक्तिशाली बन्ने कसरतमा लाग्नुभएको छ । अर्थ मन्त्रालयमातहतको राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग तथा गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्रीको मातहतमा ल्याउने काम मन्त्रिमण्डललाई पूर्णता दिनुअघि नै ओलीले गरिसक्नुभएको छ । राजनीतिक स्थायित्वका निम्ति जनविश्वास र सन्तुलित व्यवहारका अतिरिक्त शक्तिशाली कार्यकारी निकाय हुन अनिवार्य ठानिन्छ । राज्य सञ्चालनमा महत्वपूर्ण मानिने उल्लिखित तीन अङ्गहरूलाई प्रधानमन्त्रीले सीधै आफूमातहत राख्ने निर्णय लिएपछि प्रधानमन्त्री पद शक्तिशाली बन्ने जति निश्चित छ, उक्त पदमा पुग्ने व्यक्ति निरङ्कुश र तानाशाह बन्ने सम्भावना पनि त्यति नै प्रबल रहन्छ ।

प्रधानमन्त्रीलाई प्राप्त शक्ति भीमसेन थापाले झैँ विरोधी नास गर्न मात्र प्रयोग गरिन्छ या जंगबहादुर राणाले जस्तै राष्ट्र, राष्ट्रियता, सार्वभौमिक सर्वोच्चता, स्थायित्व र राष्ट्रिय समृद्धिका निम्ति उपयोग गरिन्छ भन्ने जानकारी पाउन केपी ओलीका कार्यशैली र व्यवहार हेर्नुपर्ने हुन्छ । विश्वासको मत लिएको महिना दिन बित्दानबित्दै केपी ओली देशका लागि हो या देश केपीका लागि भन्ने सङ्केतहरू देखिन थाल्नेछन् । केपीका कुरा अहिलेसम्म आममानिसले मन पराएका छन्, तर प्रधानमन्त्री बनिसकेपछि उहाँको मूल्याङ्कन कुराका आधारमा नभई कार्य–परिणामका आधारमा हुन थाल्नेछ ।

यद्यपि, केपीले सहकार्यका निम्ति जे–जस्ता पात्र र प्रवृत्तिलाई रोज्नुभएको छ, त्यसले आमजनतामा आशाभन्दा बढी आशङ्का पैदा गराएको छ । अयोध्याका पौराणिक राजा रामले बाँदरहरूलाई समेत आफ्नो सिपाही बनाएर साध्य प्राप्तिको कार्यमा सदुपयोग गर्नुभएको थियो । बडामहाराजाधिराज पृथ्वीनारायण शाहले वन–जङ्गलमा गुँड बनाएर बस्ने अरिँगाललाई ‘सिपाही’का रूपमा उपयोग गरी ब्रिटिस सेनालाई पराजित गर्ने सफलता पाउनुभएको थियो । त्यस्तै जंगबहादुर राणाले आफ्नो क्षमताको बलमा ब्रिटिस साम्राज्यलाई नै उपयोग गरी राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्ने सफलता प्राप्त गर्नुभएको थियो ।

प्रचण्डहरूले केवल सत्ताप्राप्तिका निम्ति जनयुद्धका नाममा चलाएको हिंसात्मक क्रियाकलाप र तिनले बोकेका एजेण्डाले देशको सार्वभौमिकतालाई कमजोर तुल्याएको छ । राष्ट्रिय एकता, अखण्डता र सामाजिक सद्भावलाई जगैदेखि खलबल्याएको छ । आर्थिक विकास, समृद्धि, शान्ति र स्थायित्व नेपालीका निम्ति एउटा दुरुह सपना मात्र हुने स्थिति प्रचण्डहरूले बनाइदिएका छन् । नेपाल जनाउने सबै मौलिक चिनोहरू मेट्ने र नेपालीको राष्ट्रिय स्वाभिमान तहसनहस बनाउने प्रचण्डहरूसँगको सहकार्य केपी ओलीका निम्ति एउटा ठूलो चुनौतीका रूपमा देखिन्छ । यो चुनौतीको सामना गर्ने सामथ्र्य देखियो भने ओली ‘जंगबहादुर’ बन्न सक्नुहोला, होइन भने अर्कै कित्ताबाट अर्कै ‘जंगबहादुर’को खोजी नेपाली जनताले गर्न सम्भव छ ।

गिरिजाको गन्तव्य सुस्पष्ट र मधुर भइदिएको भए जनताले प्रजातन्त्रको स्वाद महसुस गर्ने थिए र पञ्चायत विस्थापित भएकोमा पूर्ण सन्तुष्टि मिल्न सक्थ्यो । अपेक्षा र आवश्यकताविपरीत गिरिजाको व्यवहार प्रकट हुँदा प्रश्न प्रजातन्त्रमाथि उठ्यो, बदनामी प्रजातन्त्र र काङ्ग्रेस पार्टीले समेत व्यहोर्नुपऱ्यो । इतिहासले देश बनाउने अति सुवर्ण मौका गिरिजाप्रसादलाई उपलब्ध गराएको थियो, अवसरको सदुपयोग गर्न उनी पूर्ण रूपले चुके । चुकेका त गिरिजाप्रसाद मात्र हुन्, तर गुमाउनचाहिँ देशले गुमायो ।

[‘जंगबहादुर बन्नु भनेको शक्तिशाली बन्नु मात्र कदापि होइन । दुई–चार मानिसको गर्धन रेट्दैमा कोही जंगबहादुर सक्ने भए जंगबहादुरभन्दा धेरै ठूला ‘जंगबहादुर’ प्रचण्डलाई मान्न सकिन्थ्यो । सुन्दर बगैँचा नास गरेर कुरूप झाडीमा रूपान्तरित गर्न सक्नेहरू नै जंगबहादुर बन्ने भए प्रचण्ड धेरै ठूला ‘जंगबहादुर’का रूपमा स्थापित हुन सक्नुहुन्थ्यो । सत्ताका मालिक बनेकै भरमा कोही जंगबहादुर बन्न सक्ने भइदिएको भए यहाँ पार्टीपिच्छे जंगबहादुरहरू भेटिने थिए । राष्ट्रिय हितका दर्जनौँ चिरस्थायी काम गरेर मात्र कुनै शासक ‘जंगबहादुर’ बन्न सक्नेहुन् ।]

राष्ट्रिय सार्वभौमिकताको प्रवद्र्धन, देशको स्वाभिमान बढाउने कूटनीतिक क्षमता, विखण्डित हुँदै गरेको मुलुकलाई एकताबद्ध र भत्किएको सामाजिक सद्भावलाई पुनर्जीवन दिँदै स्थायित्व र समृद्धितर्फ मुलुकलाई लैजाने क्षमता केपी ओलीले व्यवहारतः दर्शाउन सक्नुभयो भने उहाँ जंगबहादुरझैँ इतिहासमा स्मरणीय भइरहनुहुने विश्वास गर्न सकिन्छ । प्रचण्ड र शेरबहादुर देउवाहरूझैँ सत्ता पाउन जेसुकै गर्ने र सत्ता पाएपछि त्यसैलाई टिकाउन मात्र व्यग्र रहने प्रवृत्तिलाई केपी ओलीले समेत निरन्तरता दिनुभयो भने देश परिवर्तनको अर्को सङ्घारमा पुग्ने निश्चितप्रायः छ ।

हामीलाई बाल्यकालदेखि नै जंगबहादुरलाई निन्दा र आलोचना गर्न सिकाइएको छ । उनलाई एक खलनायकको रूपमा चिनाइएको छ र आफ्नो इच्छामाफिक जेसुकै गर्ने खतरनाक शासकको रूपमा जंगबहादुरप्रतिको धारणा बनाइएको छ । तर पूर्वाग्रहबिना जंगबहादुरका कामको निष्पक्ष मूल्याङ्कन गर्ने हो भने पृथ्वीनारायण शाहपछि यो मुलुकलाई महान् योगदान दिनेमा बहादुर शाह र राजेन्द्रलक्ष्मीभन्दा धेरै माथि जंगबहादुर नै देखिएका छन् ।

‘श्री ३ महाराज’समेत रहेका तात्कालिक प्रधानमन्त्री जंगबहादुर कुँवर राणाको आलोचना गर्नुप¥यो भने हाम्रा नेताहरू घण्टौँ शब्दवाण चलाउने क्षमता राख्छन् । आधुनिक नेपालका कुनै एक नेता छैनन् जसले जंगबहादुरको आलोचना नगरेका हुन् । हामी जनता पनि नेताका बोलीमा लोली मिलाउँदै जंगबहादुरलाई खलपात्रका रूपमा चित्रण गर्ने गर्दछौँ । तर, तथ्यहरूले आधुनिक नेपालका नेताहरू जंगबहादुरबराबर योग्य भएको पुष्टि गर्दैन । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरी देशको एकता, अस्तित्व र सार्वभौमिकतालाई चिरस्थायी बनाउने मार्गदर्शनसमेत उपदेशका रूपमा जाहेर गरेका थिए ।

पृथ्वीपछि जंगबहादुर राणाले देशलाई धेरै गुन लगाएको इतिहासले स्पष्ट गरेको छ । १०४ वर्ष लामो राणाशासनको अन्त्यपश्चात् देशका लागि केही गर्ने तत्परता बीपी कोइरालाले पनि लिएका हुन्, तर उनले आवश्यक समय पाउन सकेनन्, समयाभावका कारण बीपीको सपना कार्यान्वयनमा अनुवाद हुन सकेन । बीपीपछि सत्ताको केन्द्रबिन्दुमा पुगेका राजा महेन्द्रले राष्ट्रियता, राष्ट्रिय एकता र पूर्वाधार विकासमा अविष्मरणीय योगदान पु¥याएका छन् । यद्यपि, उनले स्थापना गरेको निर्दलीय पञ्चायती व्यवस्थाको पछिल्लो कालखण्ड शासकहरूले आफ्नो सत्तालाई सुदृढ र चिरस्थायी बनाउने कुरामा मात्र केन्द्रित गरेको देखिन्छ ।

पञ्चायती व्यवस्थाको अन्त्य (०४६) पश्चात् देशमा धेरै ठूलो सकारात्मक परिवर्तनको अपेक्षा जनस्तरले गरेको थियो । ०४८ मा सम्पन्न आमनिर्वाचनपछिको तीन वर्षमा देशको अर्थतन्त्रले गति लिएको पनि हो, तर त्यसबेला प्रधानमन्त्री रहेका गिरिजाप्रसाद कोइरालाको क्षमता र प्रयासले भन्दा देशमा उत्पन्न नयाँ परिस्थिति र अर्थविद्हरूको सोचलाई आर्थिक उन्नतिको मूल कारणका रूपमा लिन सकिन्छ । पहिलो जननिर्वाचित सरकारको प्रधानमन्त्रीका रूपमा गिरिजाप्रसाद कोइरालाले धेरै गर्न सक्थे–गर्नुपथ्र्यो । उनको अल्पदृष्टि, सीमित क्षमता र आत्मकेन्द्रित सोचले देश निर्माणमा त बाधा पुऱ्यायो नै, बहुमत प्राप्त सरकारले कार्यकाल पूरा गर्ने अवसर पनि गुमायो ।

[त्यसबेला यस्तो परिस्थिति निर्माण भएको थियो कि रूख–पात र हावासमेत प्रचण्डको इच्छा र इसारामा चल्छन् जस्तो महसुस हुन्थ्यो । उनले देश निर्माणका निम्ति लिने कुनै पनि निर्णय कार्यान्वयन नहुने कल्पना गरिँदैनथ्यो । तर, प्रचण्डले आफ्नो शक्ति र सामथ्र्यको प्रयोग देशको समग्र हितका निम्ति प्रयोग गर्न खोजेनन् या सकेनन् । उनी आफ्नो पार्टीको लागि लडेका लडाकुहरूलाई राष्ट्रिय सेनामा जागिर मिलाउने धन्दामा मात्र केन्द्रित भए ।]

त्यसबेला मानिसमा उत्साह र आशा जागेको थियो, लगानीमैत्री वातावरण र स्थायी सरकार पनि थियो, तर दूरदर्शी एवम् इमानदार नेतृत्वको अभाव भने खड्किरह्यो । गिरिजाप्रसादले सन्तुलित राजनीतिक व्यवहार दर्शाउन सकेनन् र खोजेनन् पनि । जसका कारण विपक्षी दल तथा पार्टीभित्रका असहमत पक्षको विश्वास र भरोसा उनले गुमाए । आर्थिक स्रोतहरूको खोजी गर्ने, सरकारमा रहेका मन्त्रीहरूलाई प्रयोग गरी नगद सङ्ग्रह गर्ने र आफ्ना असहयोगीहरूप्रति असहिष्णु व्यवहार गर्ने गिरिजाप्रसादको चरित्रले भ्रष्टाचार र अस्थिरतालाई प्रोत्साहित गऱ्यो, समृद्धि र स्थिरता निरुत्साहित हुँदै गयो ।

गिरिजाको समग्र भूमिका र क्रियाकलापको अध्ययन गर्दा उनी देशको समृद्धिभन्दा आफ्नो हितप्रति ज्यादा संवेदनशील रहेको निष्कर्षमा पुगिन्छ । उनले भ्रष्टाचार र नातावादलाई प्रोत्साहित गरेको, असहमत पक्षलाई शत्रुतापूर्ण व्यवहार गर्ने गरेको र कालान्तरमा बीपीद्वारा अवलम्बन गरिएको मार्गदर्शनलाई समेत उपेक्षा गरेर अघि बढ्नुको परिणाम मुलुकले अहिले भोगिरहेको छ । त्यसबेला गिरिजाप्रसादले देश निर्माणको दीर्घकालिक दृष्टिकोण, योजना, नीति र कार्यक्रम प्रस्तुत गर्न खोजेका भए या ‘नयाँ राजा’को अवतारमा भन्दा जनताको नमुना प्रतिनिधिका रूपमा स्थापित हुन चाहेका भए देशले धेरै ठूलो उपलब्धि हासिल गर्न सम्भव थियो ।

गिरिजाको गन्तव्य सुस्पष्ट र मधुर भइदिएको भए जनताले प्रजातन्त्रको स्वाद महसुस गर्ने थिए र पञ्चायत विस्थापित भएकोमा पूर्ण सन्तुष्टि मिल्न सक्थ्यो । अपेक्षा र आवश्यकताविपरीत गिरिजाको व्यवहार प्रकट हुँदा प्रश्न प्रजातन्त्रमाथि उठ्यो, बदनामी प्रजातन्त्र र काङ्ग्रेस पार्टीले समेत व्यहोर्नुप¥यो । इतिहासले देश बनाउने अति सुवर्ण मौका गिरिजाप्रसादलाई उपलब्ध गराएको थियो, अवसरको सदुपयोग गर्न उनी पूर्ण रूपले चुके । चुकेका त गिरिजाप्रसाद मात्र हुन्, तर गुमाउनचाहिँ देशले गुमायो । ०५१ को मध्यावधि निर्वाचनसँगै भित्रिएको अस्थिरताले अति महत्वाकाङ्क्षी चरमपन्थी सोचलाई मौलाउने अवसर प्रदान ग¥यो र माओवाद शीर्षकमा भड्काइएको हिंसात्मक क्रियाकलाप देश बर्बादीको मूल कारण बन्न पुग्यो ।

०४८ मा प्रधानमन्त्री बनेपछि गिरिजाप्रसादले राम्रो गर्न खोजेका या सकेका भए नेपालीले आजको दुर्दिन भोग्नु नपर्ने हुन सक्थ्यो । ०५१ को मध्यावधि निर्वाचनपश्चात् प्रधानमन्त्री बनेकाहरूमध्ये कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीले अनुकूल समय पाएनन्, अरूहरूले राजनीतिक झमेलामा अल्झिएर समय गुजार्नुप¥यो या उनीहरूले आफूमा क्षमता भएको सिद्ध गर्न सकेनन् ।

गिरिजाप्रसादलाई ०४८ मा मिलेजस्तै देशका लागि केही गर्ने अवसर माओवादी नेता प्रचण्डलाई ०६५ मा प्राप्त भएको थियो । राजनीतिक परिवर्तनले हिंसात्मक सङ्घर्षमा रहेका माओवादीलाई समेटेपछि पहिलोपटक प्रधानमन्त्री बनेका प्रचण्डले त्यसबेला देश निर्माणको योजना र कार्यक्रम पेस गरेका भए उनले चाहेको हरेक कदममा जनस्तरको साथ मिल्न सम्भव थियो । हिंसाको चपेटाबाट निस्किएको मुलुकमा त्रास र निराशा अन्त्य भएर जनतामा एकपटक फेरि आशाको अङ्कुरण हुँदै थियो । देश र ‘जनता’ नाम लिएर कहिल्यै नथाक्ने हिंसात्मक विद्रोहका अगुवा प्रचण्ड प्रधानमन्त्री बनेपछि देशले निकास पाउने, समृद्धिको मार्ग प्रशस्त भई जनताका दुःख अन्त्यको प्रारम्भ हुने ठानिएको थियो ।

[विदेशी राजदूतहरूको आफूखुसी गतिविधिलाई नियन्त्रण गर्न उनले ‘रेजिडेन्सी’अन्तर्गतका राजदूतसहित सम्पूर्ण व्यक्तिलाई काठमाडौं उपत्यकाभित्र घुमफिर गर्न र नेपालीलाई दूतावासका ढोका चहार्न रोक लगाएका थिए । जंगबहादुरले गरेको यस्तो व्यवस्थाप्रति आपत्ति जनाउँदै तात्कालिक ब्रिटिस राजदूत कर्णेल जर्ज ¥यामेजले आफ्नो मुलुकमा रिपोर्टिङ गरेका थिए ।]

हुन पनि त्यसबेला यस्तो परिस्थिति निर्माण भएको थियो कि रूख–पात र हावासमेत प्रचण्डको इच्छा र इसारामा चल्छन् जस्तो महसुस हुन्थ्यो । उनले देश निर्माणका निम्ति लिने कुनै पनि निर्णय कार्यान्वयन नहुने कल्पना गरिँदैनथ्यो । तर, प्रचण्डले आफ्नो शक्ति र सामथ्र्यको प्रयोग देशको समग्र हितका निम्ति प्रयोग गर्न खोजेनन् या सकेनन् । उनी आफ्नो पार्टीको लागि लडेका लडाकुहरूलाई राष्ट्रिय सेनामा जागिर मिलाउने धन्दामा मात्र केन्द्रित भए । नौमहिने कार्यकालमा प्रचण्ड नेपाली सेनालाई आफ्नो काबुमा लिने र ‘क्रान्ति सम्पन्न गर्ने’ रहस्यमयी क्रियाकलापमा केन्द्रित रहे । अन्ततः सेनाकै कारण उनी पद त्यागेर सत्ताबाट बाहिरिनुपर्ने अवस्थामा पुगे ।

प्रचण्डबाट ‘केही हुने’ आशा निराशामा बदलियो, उनी पनि असफल प्रमाणित भए । ०४६ को परिवर्तनपछि गिरिजाप्रसाद कोइरालाले झैँ ०६३ को परिवर्तनपछि प्रचण्डले पनि अवसर गुमाए, जनतामा ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने सन्देश प्रवाहित भयो । ०६५ यताको राजनीति झनै निराशाजनक र अस्थिरतापूर्ण हुन पुगेको छ । तथापि प्रचण्डले अझै पनि देश र जनताका नाममा ठूला गफ दिन छोडेका छैनन् । जनताले खोजेको देशमा शान्तिपूर्ण वातावरण, रोजगारीको सुनिश्चितता, राजनीतिक स्थिरता, बिरामी हुँदा सुलभ स्वास्थ्योपचारको व्यवस्था, विकास निर्माणको तीव्र गति, सुरक्षा र काम गरी खान पाउने वातावरण मात्र थियो– हो । तर, जनचाहनालाई सम्बोधन गर्नेभन्दा राजनीतिक उहापोहमै प्रचण्ड अल्झिरहेका छन् ।

परिवर्तनपछिको यो वाह्र वर्ष व्यर्थ बहस र विवादमा खेर गएको छ । बितेका बाह्र वर्षभित्र राजनीतिक दलहरूबीच विभिन्न चरणका सात सयभन्दा बढी सहमति भएको छ, तर कुनै पनि सहमतिमा जनताले भोग्नुपरेका समस्याहरूलाई सम्बोधन गरिएको छैन । क्रान्ति र जनताका नाममा अनेक भ्रान्तिपूर्ण गफ दिने प्रचण्ड पनि गिरिजाप्रसादझैँ असफल प्रमाणित भइसकेका छन् । जंगबहादुरलाई खलनायकका रूपमा चित्रण गर्ने प्रचण्डहरूबाट जंगबहादुरबाट भएका कामको एक प्रतिशत पनि सम्पादन हुन सकेको छैन । नेपालका प्रधानमन्त्रीहरूमध्ये ठीक दुई सय वर्षअघि (वि.सं. १८७३ असार ७ गते) जन्मिएका जंगबहादुर नै यस्ता व्यक्ति प्रमाणित भए जसले देशका लागि पु¥याएका योगदान अरू कुनै पनि ‘प्रधानमन्त्री’सँग तुलना गर्न नसकिनेस्तरको देखिन्छ ।

जंगबहादुर राणाले सुगौली सन्धिमा गुमेको एउटा भूभाग युद्ध नलडीकन कूटनीतिक सामथ्र्य प्रयोग गरी फिर्ता लिए । बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नाममा चिनिने भूभाग जंगबहादुरकै कूटनीतिक कौशलको परिणाम हो । जंगबहादुरले पहिलोपटक नेपालको नक्सा तयार गर्न लगाएका थिए र सिमानामा स्तम्भ राख्ने काम पनि उनैबाट भएको थियो । प्रचण्डहरूबाट जंगबहादुरद्वारा गाडिएका सीमास्तम्भको रक्षा हुने विश्वाससमेत गुमिसकेको छ । जंगबहादुरले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने काम गरे, ब्रिटिस साम्राज्यको अधीनमा पर्नबाट नेपाललाई जोगाउँदै देशको अन्तर्राष्ट्रिय जगत्मा पहिचान स्थापित गर्ने काम पनि उनैबाट भयो ।

उत्तरी छिमेकीलाई काबुमा लिई नयाँ सन्धि गरेर देशलाई सुरक्षित गर्ने उनले बेलायत र तात्कालिक समयमा बेलायतविरोधी मानिएको फ्रान्ससँग समेत दौत्य सम्बन्ध स्थापित गर्ने कार्य गरे । यस अर्थमा जंगबहादुरलाई सर्वाधिक सफल कूटनीतिज्ञका रूपमा बुझ्नु उपयुक्त हुनेछ । देशमा पूर्व–पश्चिम राजमार्गको प्रथम परियोजनाकार पनि जंगबहादुर नै हुन् । उनले वि.सं. १९०६ मा मेचीदेखि पश्चिम डोटीसम्म चौडा बाटो निर्माण गर्न र सडकको दुवैतर्फ रूख लगाउन तीन लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । पहिलोपटक देशमा छापाखाना भित्र्याउने उनले युरोपियन शैलीका ठूला र भव्य भवन निर्माण गर्ने प्रविधि पनि भित्र्याएका हुन् ।

[जुन अप्ठ्यारो समयमा नेपालको सार्वभौमिकताको रक्षा र देशको हितका निम्ति जंगबहादुरले योगदान पु¥याए, यस आधारमा जंगबहादुर राणालाई राज्यले राष्ट्रिय विभूतिको रूपमा सम्मान दिनुपर्ने हो । तर, जंगबहादुरले गाडेको सीमास्तम्भको रक्षासम्म गर्न नसक्नेहरू जंगबहादुरलाई अझै पनि खलपात्रका रूपमा चित्रण गरी आलोचना गर्दै छन् ।]

सन् १८६२ मा तात्कालिक प्रधानसेनापति रणोद्वीप सिंहलाई नापीको कार्यभार सुम्पेर उनले देशमा नापी–नक्सा बनाउने कामको शुभारम्भ गरेका थिए । त्यसताक मुलुकमा महामारीको रूपमा फैलिएको बिफर रोगको नियन्त्रण गर्न पहिलोपटक खोपको थालनी पनि उनैले गराएका हुन् । जंगबहादुरले बेलायतमा झैँ संसद् भवन निर्माण गराएका थिए । हाल नेपाल बैंक लिमिटेडको मुख्यालय रहेको भूगोलपार्कनजिकै उनले संसद् भवन बनाएका थिए, त्यहाँ भारदारी सभा र कचहरीको आयोजना गर्ने गरिन्थ्यो । देशलाई कानुनअनुरूप सञ्चालन गर्ने व्यवस्था जंगबहादुरले नै गरेका हुन् ।

सन् १८५३ को डिसेम्बर १९ देखि देशमा मुलुकी ऐन उनले लागू गराएका थिए । कसैलाई बोक्सी आरोप लगाउन नपाइने र बोक्सी आरोप लगाउनेहरूलाई दण्ड दिने कानुनी व्यवस्था जंगबहादुरले गरेका थिए । मुलुकमा आफ्नै बारुदखाना र तोपखाना बनाउने काम पनि उनैबाट भएको थियो । विद्यालय स्थापना गरेर व्यवस्थित औपचारिक शिक्षा दिने कामको थालनी जंगबहादुरले गरेका हुन् । सन् १८५३ मा उनले थापाथलीमा ‘दरबार स्कुल’ सञ्चालनमा ल्याएका थिए । नेपालगञ्ज नामाकरण गरी पश्चिम तराईमा व्यवस्थित शहर बनाउने काम पनि जंगबहादुरकै समयमा भएको थियो । यस कार्यमा उच्च योगदान पु¥याउने सिद्धिमान राजभण्डारीलाई उनले मान, पदवी र पुरस्कार दिएका थिए ।

सन् १८६० मा ‘काठमाल अड्डा’ स्थापना गरी वन संरक्षण र काठ व्यापारलाई व्यवस्थित गर्ने काम उनले गरेका थिए । पहिलोपटक जनगणना गराउने कामको थालनी पनि जंगबहादुरले गरेका थिए । वि.सं. १९१७ मा उनले जनगणना गराउँदा नेपालको जनसङ्ख्या बाउन्न (५२) लाख थियो । सन् १८६४ देखि जन्म र मृत्युको तथ्याङ्क राख्ने व्यवस्था जंगबहादुरले गरेका थिए । विदेशी राजदूतहरूको आफूखुसी गतिविधिलाई नियन्त्रण गर्न उनले ‘रेजिडेन्सी’अन्तर्गतका राजदूतसहित सम्पूर्ण व्यक्तिलाई काठमाडौं उपत्यकाभित्र घुमफिर गर्न र नेपालीलाई दूतावासका ढोका चहार्न रोक लगाएका थिए । जंगबहादुरले गरेको यस्तो व्यवस्थाप्रति आपत्ति जनाउँदै तात्कालिक ब्रिटिस राजदूत कर्णेल जर्ज ¥यामेजले आफ्नो मुलुकमा रिपोर्टिङ गरेका थिए ।

त्यसताक नेपाल र तिब्बतबीच राम्रो व्यापार हुने गर्दथ्यो । जंगबहादुरले तिब्बत जाने बाटोको सर्भे गराएका थिए । पूर्वी पहाडतिर नापी गराउँदा केही व्यक्तिको नाममा धेरै जमिन फेला परेपछि उनले हदबन्दीभन्दा बढी जमिन गरिब र सुकुम्बासीलाई वितरण गरिदिएका थिए । जंगबहादुरले उपभोक्तामा भइरहेको ठगी नियन्त्रण गर्न नापतौलको वैज्ञानिक व्यवस्था गराएका थिए । ‘मुलुकी खाना’ स्थापना गरी सरकारी खर्चको हिसाब लिखित रूपमा राख्ने व्यवस्था गरेका उनले ‘तहबिल अड्डा’ खडा गरेर मालपोत उठाउने कार्यलाई व्यवस्थित गराएका थिए । तराईमा मालपोत उठाउन कठिनाइ भइरहेको र सरकारी कर्मचारीहरू जाँदा पुरुष जति घर छोडी भाग्ने र महिला लुक्ने गरेपछि जंगबहादुरले स्थानीय तहमै ‘चौधरी’हरूको चयन गरी मालपोत सङ्ग्रह गर्ने व्यवस्था गरेका थिए । विदेशी मुद्रा विनिमयलाई व्यवस्थित गर्न उनले ‘सराफ खाना’ स्थापना गरेका थिए ।

त्यसैगरी सरकारी भवन तथा अड्डा–अदालतहरूको मर्मतसम्भार, रङरोगन, सरसफाइ र बगँैचा व्यवस्था गर्न उनले ‘चपरासी अड्डा’ खडा गरेका थिए । ‘किताबखाना’ नाममा एक विशेष कार्यालय स्थापना गरेर उनले निजामती सेवालाई संस्थागत एवम् व्यवस्थित गरेका थिए । सेनाको आधुनिकीकरणका लागि ‘जङ्गीअड्डा’ खडा गरेर जंगबहादुरले तालिमको व्यवस्था गर्नुका साथै भीआईपी सुरक्षाका निम्ति सुरक्षाकर्मी खटाइने कार्यको थालनी गरेका थिए । कोचेमेचे र साल्मीलगायतको हातबाट पानी पिएर जंगबहादुरले छुवाछुत प्रथा निरुत्साहित गर्ने कदम चालेका थिए ।

देशमा सङ्कटकालीन अवस्था आएमा ‘कौशी’ नामक ढुकुटीको रकम खर्च गर्ने भनी उनले ‘तोषाखाना’ स्थापना गरेको र शुरुमा एघार करोड रुपैयाँ उक्त कोषमा जम्मा गराई हरेक प्रधानमन्त्रीहरूले रकम थप गर्दै जाने व्यवस्था मिलाएका थिए । त्यसबेला एलोपेथिक उपचार पद्धति विकसित भइसकेको थिएन । उनले वैद्यखाना सञ्चालनमा ल्याएर जडीबुटीहरूको प्रवद्र्धन गर्न नेपालमा नपाइने जडीबुटीहरू काबुल, कस्मिर, नैनीताल, दार्जिलिङ, सिक्किम, भुटान र सिमलाबाट झिकाई गोकर्ण र नागार्जुनलगायत देशका विभन्न जङ्गलमा लगाएका थिए ।

वि.सं. १९२४ मा तराईमा अनिकाल पर्दा तत्काल तीन लाख रुपैयाँको अन्न भारतबाट आयात गरी जनतालाई उपलब्ध गराउनुका साथै त्यस वर्षको मालपोत मिनाहा गराउने काम पनि जंगबहादुरले गरेका थिए । दैवी प्रकोप र अनिकालको समयमा जनताले भोकभोकै मर्नु नपरोस् भनी उनले गाउँगाउँ र जिल्लामा ‘धर्मभकारी’ खडा गरी खाद्यान्न सङ्ग्रह गर्ने व्यवस्था मिलाएका थिए । तराईमा बागमती नदीले कटान गरी कृषियोग्य भूमिको क्षति पु¥याएपछि उनले भूक्षय नियन्त्रण गर्न तत्काल दश हजार नगद उपलब्ध गराई अपुग रकम थप गर्दै जाने प्रतिबद्धता जाहेर गरेका थिए । उनले चीनबाट विज्ञहरू झिकाई मन्दिर, गुम्बा तथा पाटीपौवाहरूको जीर्णोद्धार र मर्मतसम्भारको कार्य गराएका थिए ।

[विडम्बना मान्नुपर्छ, जनताको विश्वास लिएर चुनावका माध्यमबाट सत्तामा जान पाइने प्रजातान्त्रिक व्यवस्थासहितको संविधान हुँदाहुँदै हजारौँ (सत्र हजार करिब) निर्दोष नेपालीको ज्यान लिने, खर्बौँको क्षति पुऱ्याउने, देशलाई पचासौँ वर्ष पछाडि धकेल्ने, मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिक स्वतन्त्रतामा सबैभन्दा ठूलो खति पुऱ्याउनेहरू नै जंगबहादुर राणाका सर्वाधिक आलोचक बनेर हाम्रासामु प्रस्तुत हुने गरेका छन् ।]

काठमाडौं उपत्यकाको वन संरक्षण गर्न गोकर्ण र नागार्जुनको वनलाई पर्खाल लगाएर त्यहाँ विभिन्न जङ्गली जीवजन्तु ल्याएर छोड्ने काम पनि जंगबहादुरले गरेका थिए । पुस्तकालयहरूको सुधार गरी विदेशबाट पुस्तकहरू झिकाउन उनले रकम व्यवस्था गरिदिएका थिए । मानिसलाई समयको हेक्का रहोस् भन्ने उद्देश्यबाट जंगबहादुरले टुँडिखेलमा तोप पड्काउने चलन चलाएका थिए । सती प्रथामा प्रतिबन्ध लगाएर उनले समाज सुधारमा विशेष योगदान दिएका थिए, तर त्यसको पूर्ण उन्मूलन भने चन्द्रशमशेरको कार्यकालमा भएको थियो । जंगबहादुरले हुलाक सेवालाई व्यवस्थित गर्न बाटोघाटो तथा हुलाकी हिँड्ने बाटोमा इनार र चौतारीहरू निर्माण गर्न लगाएका थिए । बागमती नदीलाई सफा तुल्याउन जंगबहादुरले काठमाडौं उपत्यकामा नदीको दुवै किनारतर्फ सिँढी, घाट र चिता बनाउने ठाउँ निर्माण गर्न लगाएका थिए ।

भीमसेन थापाले छिमेकीसँग ‘भिडेर’ देशको हितमा केही गर्ने नीति लिएकोमा त्यसको नकारात्मक परिणाम (सुगौली सन्धि १८१५) आएकोप्रति जंगबहादुर सचेत थिए । उनले कूटनीतिक दृष्टिकोण र व्यवहार परिवर्तन गरी छिमेकीहरूसँग भिडेर होइन मिलेर देशहित सुनिश्चित गर्ने नीति लिए र यसमा उनलाई अपार सफलता पनि प्राप्त भयो । मुलुकको हित र राष्ट्रिय सुरक्षामा आँच पुग्ने कुनै पनि नीति र व्यवहार जंगबहादुरले अवलम्बन गरेनन् । यसरी ऐतिहासिक तथ्यहरूले जंगबहादुर राणा एक सफल कूटनीतिज्ञ, इमानदार, देशभक्त र दूरदर्शी नेता भएको पुष्टि गर्दछ । तथापि उनलाई नेपालको इतिहासले अहिलेसम्म न्याय गर्न खोजेको छैन । खलपात्रकै रूपमा उनको चित्रण गर्ने गरिँदै छ ।

योगदानको निष्पक्ष मूल्याङ्कन गर्दा जुन अप्ठ्यारो समयमा नेपालको सार्वभौमिकताको रक्षा र देशको हितका निम्ति जंगबहादुरले योगदान पुऱ्याए, यस आधारमा जंगबहादुर राणालाई राज्यले राष्ट्रिय विभूतिको रूपमा सम्मान दिनुपर्ने हो । तर, जंगबहादुरले गाडेको सीमास्तम्भको रक्षासम्म गर्न नसक्नेहरू जंगबहादुरलाई अझै पनि खलपात्रका रूपमा चित्रण गरी आलोचना गर्दै छन् । कुरा जंगबहादुरको भन्दा ठूलो तर कामचाहिँ रङ्गनाथ पौडेलले जति पनि गर्न नसक्ने उनका आलोचकहरू जंगबहादुरबाट सत्ता प्राप्त गर्ने क्रममा ‘कोत’ र ‘भण्डारखाल’ काण्ड रची हिंसात्मक घटना गराएको भन्दै छन् । त्यसबेला सत्तामा पुग्ने प्रजातान्त्रिक पद्धतिको विकास भएको थिएन । सत्ता प्राप्त गर्ने र सत्तालाई स्थायित्व दिने क्रममा भएका दुई हिंसात्मक घटनामा जम्मा ५५ जना मारिएको तथ्यहरूले देखाउँछ ।

त्यसरी मारिनेहरू कोही पनि सर्वसाधारण जनता थिएनन्, कुनै न कुनै दर्जाका सरकारी व्यक्तिहरू थिए र जंगबहादुरलाई परास्त गर्ने क्रममा उनीहरूको ज्यान गएको थियो । विडम्बना मान्नुपर्छ, जनताको विश्वास लिएर चुनावका माध्यमबाट सत्तामा जान पाइने प्रजातान्त्रिक व्यवस्थासहितको संविधान हुँदाहुँदै हजारौँ (सत्र हजार करिब) निर्दोष नेपालीको ज्यान लिने, खर्बौँको क्षति पुऱ्याउने, देशलाई पचासौँ वर्ष पछाडि धकेल्ने, मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिक स्वतन्त्रतामा सबैभन्दा ठूलो खति पु¥याउनेहरू नै जंगबहादुर राणाका सर्वाधिक आलोचक बनेर हाम्रासामु प्रस्तुत हुने गरेका छन् । अवसर पाउँदा देशको हितमा कुनै एउटा कार्य गर्न नसक्नेहरूबाट महानायक जंगबहादुरका बारेमा भद्दा टीका–टिप्पणी भइरहँदा पनि हामी नेपाली विवेकको बिर्को खोल्न तयार भएका छैनाँै । अप्ठ्यारो समयमा जंगबहादुरबाट देशको हितमा जे–जति कार्य भएका थिए त्यसको एकतिहाइ काम मात्र प्रधानमन्त्रीका रूपमा केपी ओलीबाट हुन सक्यो भने त्यसलाई उहाँको अविष्मरणीय योगदानको रूपमा ग्रहण गर्नुपर्ने हुन्छ ।

घटना र विचारबाट

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu