कुलमानको प्रयासले साकार रुप लिदै: कन्काई देशकै पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषित

कन्काई नगरपालिकालाई देशकै पहिलो विद्युत चुहावटलाई नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरेका छन् ।

घोषणासँगै घिसिङले देशले अब कहिल्यै लोडसेडिङको तालिका नपाउने र केही महिनादेखि विद्युत प्राधिकरणले जनतालाई बढी विद्युत खपत गर्नका लागि सार्वजनिक सूचना जारी गर्ने दाबी गरेका हुन् । लोडसेडिङभन्दा पनि अबका दिनममा उत्पादन भएको बिजुली कसरी खपत गर्ने भन्नेतिर सोच्ने बेला आएको घिसिङले बताए ।

केही महिनापछि नै पूर्वको कावेली करिडोरको १०० मेघावाट बिजुली उत्पादन भएर आउने तयारीमा रहेको बताउँदै घिसिङले उक्त बिजुली पूर्वाञ्चल क्षेत्रमै खपत हुने भएकाले विजुलीको उत्पादन प्रशारण लाइनमा जोड्नसाथ पूर्व क्षेत्रलाई हालको मागअनुसार सम्पुर्ण रुपमा विजुली पुग्ने जनाए ।

नेपाल विद्युत प्राधिकरणले अवको डेढ वर्षभित्र सम्पुर्ण विद्युत आयात गर्न छाडेर आफैँ आत्मनिर्भर हुनेगरी प्राधिकरण र सरकार मिलेर काम गरिरहेको समेत जानकारी दिए ।

नगरका कूल ८० प्रतिशत जनताले विद्युत् सेवा प्राप्त गरेका छन् । बाँकी रहेका जनतालाई पनि आगामी दुई वर्षभित्र विद्युत् सेवा उपलब्ध गराई पूर्णरुपमा विद्युत् सेवा प्राप्त नगरकारुपमा घोषणा गर्ने योजना रहेको नगरप्रमुख राजेन्द्रकुमार पोख्रेले जानकारी गराए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरेर इतिहास कायम गरेकोमा नगरपालिकालाई बधाई दिँदै थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । नगरपालिकामा ५५ हजार जनसंख्या रहेका छन् भने ११ हजार घरधुरी रहेको नगरप्रमुख पोख्रेलको भनाइ छ ।

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu