बोक्सीको आरोपमा कुटपिट गरिएकी राधाको बिषयलाई बेजोडले उठाउनु रबि घोडाघोडी पुगे, लाईभभिडियो

कैलालीको घोडाघोडी नगरपालिका ५ की राधा चौधरीलाई  बोक्सीको आरोपमा कुटपिट गरिएका थिए । न्युज २४ का सिधाकुरा जनता संगको कार्यक्रम संचालक रवि लामिछाने घटना स्थल बाटै कार्यक्रम संचालन गरी चेतना फैलाउन घोडाघोडीमा पुगेका छन् । चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट भएको र कुटपिट गर्ने भनिएका व्यक्तिलाई प्रहरीले समैसकेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट आइतबार विज्ञप्ति जारी गर्दै राधाको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने जनाइसकेका छन् । पिडितलाई न्याय दिलाउन देशभरबाट माग गरिरहेका छन्।

यही फागुन २४ गते बिहीबार राधा चौधरीलाई बोक्सीको आरोप लगाउँदै आफूलाई भोलेबाबा बताउने स्थानीय झाँक्री रामबहादुर चौधरीले कुटपिट गरेको र स्थानीयबासी मुकदर्शक बनेको भिडियो सार्वजनिक भएको थियो । भोलिको सिधाकुरा जनतासंग घटनास्थलबाटै लाइभ गर्न रवि लामिछाने घोडाघोडी पुगिएका हुन् ।

बोक्सीको आरोपमा कुटपिट पछि घाईते भई उपचारमा रहेकी राधा चौधरीको विषयलाई लिएर सिंगो मुल्ुकको ध्यान केन्द्रित भएको छ । यता कुटपिटमा संलग्न भोलेबाबा रामबहादुर चौधरीसहित अन्य दुई युवतीलाई पक्राउ गरि अनुसन्धान पक्रिया अघि बढाइएको छ भने ईलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायब निरीक्षक दिनेश विष्टलाई निलम्बन गरिएको छ ।

उपचाररत चौधरीको उपचार खर्च सरकारले व्यहोर्ने घोषणा हुँदै गर्दा उनको उपचारलाई लिएर प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले चासो देखाउनु भएको छ । चौधरीलाई भर्ना गरेको दुई दिन पछि अस्पतालमा पुग्नु भएका मुख्यमन्त्री भट्टले चौधरीको उपचारको विषयमा चिकित्सकसंग जानकारी लिनु भएको छ । मुख्यमन्त्री भट्टले चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ । उहाँले दोषीलाई कडा कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै समाजमा यस्ता घटना हुन नदिन जनचेतना फैलाउने कार्य गर्ने समेत बताउनुभयो ।

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu