प्रवासी नेपाली मंच इजरायलद्वारा बलात्कृत बालिकालाई आर्थिक सहयोग प्रदान

बलात्कारबाट पिडित पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिकी एक बालिकालाई प्रवासी नेपाली मंचले नगद रु तिस हजार सहयोग गरेको छ । पिडित बालिकाको उपचारमा सहयोग पुगोस भन्ने हेतुले उक्त सहयोग गरेको मंचका अधक्ष्य तिर्थ गौतमले बताएका छन् ।

अन्तराष्ट्रिय महिला श्रमिक दिवसको दिन एक कार्यक्रम गरि एमाले नेतृ वृन्दा पाण्डेको हातबाट बालिकाको जिम्मा लिएको रक्षा नेपाललाई हस्तान्तरण गरेको छ ।

बलात्कारबाट गम्भीर  घाइते भएपछि उनलाई उपचारको लागी काठमाडौं ल्याइएको छ। हाल बालिकाको उपचार काठमाडौंको ग्रीन सिटी अस्पतालमा भैरहेको छ ।गम्भीर घाइते भएकी बालिकाको अबस्था अत्यन्त दर्दनाक छ ‘‘निकै दुखलाग्दो र गम्भीर अपराधिक घट्ना भएको भन्दै प्रबासी नेपाली मंच इजरायल का अध्यक्ष तिर्थ गौतम ले घटनाका दोषीलाइ कडाभन्दा कडा कारबाही होस् पिडित बालिकाको उपचार अध्ययन एवं अन्य अत्याबश्यक जिबन रक्षाको जिम्मा नेपाल सरकारले जिम्मा लियोस् भनि जोडदार माग गरेका छन् । बालिका गरीब परिबार भएकोले हामीले सानो सहयोग गरीउ अन्य सामाजिक सगसस्थालाइ सामाजिक अभियन्तालाइ सहयोग गरिदिन हार्दिक अपिल गरेका छन् ।

प्रकाशित मिति : २०७४ फागुन २९,मंगलबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu