घोडाघोडीका मेयर चौधरीलाई गोली हानेको आशंकामा विप्लवका ३ कार्यकर्ता पक्राउ

२९ फागुन, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि सोमबार राति गोली र खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार प्रहरीले सोमबार राति सुख्खड क्षेत्रबाट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ३ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको जानकारी दिए।

केही दिनअघि बोक्सीको आरोपमा यवतीमाथि भएको कुटपिटलाई मिलापत्र गराएको भन्दै विप्लव माओवादीले मेयर चौधरीलाई जनकारबाही गर्ने धम्की दिएको थियो।

सोमबार राति करिब सवा ८ चौधरीलाई अज्ञात समूहले घरभित्रै पसेर आक्रमण गरेको थियो। घाइते चौधरीको उपचार भइरहेको छ।।

सोमबार राति करिब सवा ८ बजेतिर सुखड बजार नजिकै रहेको आफ्नो घरभित्र बसिरहेका नगर प्रमुख चौधरीलाई नचिनेका मान्छेको समूहले काम छ भन्दै घर बाहिर बोलाएर गोली र खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । चौधरीको कम्मरमुनि गोली लागेको र टाउको तथा दायाँ हातमा खुकुरीको चोट लागेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७४ फागुन २९,मंगलबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu