ओली राजनेता हुन् र अब बिकासका लागि उनी अन्तिम विकल्प हुन: बरिष्ठ राजपा नेताको सनसनीपूर्ण भिडियो

लामो समयको तिक्तता मेट्दै राजपाले प्रधानमन्त्रीमा ओलीलाई समर्थन गरे पछि नेपालको राजनीति नयाँ मोडमा आएको छ किनकी संबिधान संसोधनको बिषयमा एमाले अधक्ष्य ओलीको अडान र राजपाको अडानले सिंगो देश र राजनीति नै प्रभावित थियो तर विपरीत ध्रुवीकरणको रुपमा । वाम गठबन्धनले बहुमत पाए पछि संबिधान संसोधनको पक्षमा एमाले र प्रधानमन्त्री ओली पनि सकारात्मक देखिएका छन् ।

यसै सन्दर्भमा राजपाका शिर्ष नेता महेन्द्र यादवसंग माउन्टेन टिभीको समय सन्दर्भमा ओलीलाई बिकाशको अन्तिम विकल्प भन्दै सनसनीपूर्ण बयान दिएका छन् । राजपा र एमाले बीच कसरी यस्तो युटर्न भयो राजनैतिक बजारको हल्ला अनुसार यो युटर्नको लागि मुख्य भूमिका खेला ब्यक्ति पनि महेन्द्र यादव नै हुन् भन्ने छ ।

महेन्द्र यादव उनै ब्यक्ति हुन् जसको नागरिकता अनुसार संसद्को जेष्ठ सदस्य भएर पनि झुट भएकोले अन्तिममा महन्थ ठाकुरले सपथ खुवाएका थिए । वास्तविक उमेर ६३ वर्ष मात्र भए पनि नागरिकतामा भएको त्रुटिका कारण ८० वर्ष भएर प्रतिनिधिसभाको ज्येष्ठ सदस्को जिम्मेवारी सम्हाल्न लागेका यादवको धेरै आलोचना भएको थियो जसले उनि आफै पछि हट्न बाध्य भए । २०११ साल असार १५ गते जन्मेका यादवको नागरिकतामा १९९४ मा जन्मेको उल्लेख छ।

निर्वाचनपछि जनताको भरोसा ओलीप्रति देखियो तेसैलाई कदर गर्दै देश बिकाश र आर्थिक बिकाश अनि संबिधानमा अधुरो रहेको बिषयलाई संसोधन गर्दै पुरा गर्ने ओली सरकारको प्रतिबद्धतालाई बिश्वास गरेर प्रधानमन्त्री ओलीलाई समर्थन गरेको बताए । अन्तर्वार्ताको क्रममा नेता यादवले नेपालसंगैको देशहरुले धेरै प्रगति गरेको तर हामी नेपालीले केहि गर्न नसकेकोले अब बिकाश र सम्बृद्धि तिर देशलाई दोहर्याउँदै जनताको बिश्वास र भरोसा जित्नु पर्ने बताएका छन् ।

भिडियो

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu