प्रधानन्यायाधीश हुने रोलक्रममा रहेका सर्वोच्चका ६ न्यायाधीशद्वारा इजलास बहिस्कार

प्रधानन्यायाधीशको रोलक्रममा रहेका सर्वोच्च अदालतका छ जना न्यायाधीशले मंगलबार प्रधानन्यायाधीश गोपाल पराजुलीले तोकेको इजलास बहिष्कार गरेका छन्।

प्रधानन्यायाधीशको रोलक्रममा रहेका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीसहित भावी प्रधान न्यायाधीशको रोलक्रममा ६ न्यायाधीहरुले पराजुलीले तोकेको इजलास बहिष्कार गरेका हुन्।

रोलक्रमको हिसाबमा वैशाखदेखि आउँदो असोज ११ सम्म जोशी प्रधानन्यायाधीश बन्नेछन्। जोशीपछि चोलेन्द्रशमशेर जबरा प्रधानन्यायाधीश बन्नेछन्।

उनी तीन वर्षभन्दा लामो समय प्रधानन्यायाधीश हुनेछन्। राणाले सोमबार नै पराजुलीको न्यायाधीशको रूपमा अवकाश भैसक्नुपर्ने भन्दै इजलास बहिष्कार गरिसकेका छन्।

पराजुलीले आज उनको इजलास तोकेका छैनन्। इजलास बहिष्कार गरेका अर्का न्यायाधीश हरिकृष्ण कार्की रोलक्रमको आधारमा राणापछि प्रधानन्यायाधीश हुनेछन्।

राणाले २०७९ मंसिरमा उमेर हदले अवकाश पाएपछि कार्की २०८० को भदौसम्म प्रधानन्यायाधीश हुनेछन्। त्यसपछि, विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमानसिंह राउत र सपना मल्ल प्रधानन्यायाधीशको रोलक्रममा छन्।

यी तीन न्यायाधीशले पनि इजलास बहिष्कार गरेका छन्। इजालस बहिष्कार गर्ने अन्य न्यायाधीशमा आनन्दमोहन भट्टराई, ईश्वर खतिवडा र अनिलकुमार सिन्हा समेत छन्।-सेतोपाटीबाट

प्रकाशित मिति : २०७४ फागुन २९,मंगलबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu