श्रीदेवीकी बहिनी श्रीलता बेपत्ता ?

बलिउड अभिनेत्री श्रीदेवीको निधन भएको पनि केहि हप्ता भईसकेको छ।तर उनको निधन र उनीसँग सम्बन्धित खबर र उनले बलिउडमा दिएको योगदान लगायत विभिन्न कुराहरुको चर्चा भने सेलाएको छैन।

श्रीदेवीकी एक बहिनी छिन् जसको नाम हो श्रीलता।बहिनी श्रीलताले आफ्नी दिदि श्रीदेवीको मृत्युको केहिदिन अघि उनीसँगै अन्तिम रात विताएकी थिइन्।

तर श्रीदेवीको मृत्युपछि उनकी बहिनी अहिलेसम्म बेपत्ता छिन्।उनी कहाँ छिन् र कुन अवस्थामा छिन् कसैलाई पनि जानकारी दिइएको छैन। ‘डेनिल क्रनिकल’ पत्रिकामा छापिएको एक समाचार अनुसार श्रीलतालाई दिदिको मृत्यु बारेमा मुख नखोल्न भनिएको छ। यसको कारण भने खोलिएको छैन।उनलाई मिडिया र सर्वसाधारणको पहुँचदेखि टाडा राखिएको छ।

श्रीदेवीकी आमाले आफ्नो सम्पूर्ण सम्पत्ती श्रीदेवीको नाममा गरिदिएपछि दिदि श्रीदेवी विरुद्ध सम्पत्तीको लागी बहिनी श्रीलता अदालत समेत गएकी थिइन्।तर सन् १९९० को दशकदेखी दिदिबहिनीको बिग्रिएको सम्बन्ध २०१३ मा आएर सुध्रिएको थियो।

कपुर परिवारले चेन्नइ शहरमा रहेको श्रीदेवीको बंगला श्रीलतालाई दिने भएको छ।

प्रकाशित मिति : २०७४ फागुन २९,मंगलबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu