यी यस्ती छिन विश्वकै पहिलो ‘रोबोट नागरिक’ सोफिया जसलाई साउदीले नागरिकता पनि दिएको छ (भिडियो)

सोफिया एक तीक्ष्ण बुद्धि भएको मेसिन हो, हेर्दा दुरुस्तै मानिस जस्तो । हिड्ने, बोल्ने, गफ गर्ने र अन्तर्वार्ता दिन सक्ने खुबी सोफियामा छ । कृत्रिम बुद्धिको प्रयोग गरेर बनाइएको यो रोवर्ट नागरिकता पाउने विश्वको पहिलो ‘आर्टिफिसियल इन्टिलिजेन्स’ मसिन बन्यो । साउदी सरकारले गत अक्टोवरमा रोबोट सोफियालाई आफ्नो नागरिकता दिएदेखि नै विश्वमा चर्चा चुलिएको थियो। हो त्यही सोफियाले बुधबार यूएनडीपीसहितका साझेदारको आयोजना गर्ने सार्वजनिक सेवामा प्रविधि सम्मेलनमा मन्तव्य दिने छिन्। यूएनडीपीको ‘इन्नोभेसन च्याम्पियन’ समेत पदवी पाएकी सोफिया कस्ता छिन् भन्ने बारेमा धेरैमा चासो बढेको छ।

सोफिया एक तीक्ष्ण बुद्धि भएको मेसिन हो, हेर्दा दुरुस्तै मानिस जस्तो। हिड्ने, बोल्ने, गफ गर्ने र अन्तर्वार्ता दिन सक्ने खुबी सोफियामा छ। कृत्रिम बुद्धिको प्रयोग गरेर बनाइएको यो रोवर्ट नागरिकता पाउने विश्वको पहिलो ‘आर्टिफिसियल इन्टिलिजेन्स’ मसिन बन्यो। कतिपय मुलुहरुमा मानिसले नागरिकता नपाएर अनागरिक भइ शरणार्थी जीवन बिताइरहेका बेला रोबोटले नागरिकता पायो भनेको सन्दा अचम्म लाग्न सक्ला। तर, यो सत्य हो। महिलाहरुलाई खुल्ला रुपमा हिँड्डुल गर्न बन्देज लगाइएको मुलुक साउदी अरवले सोफियालाई नागरिकता दिएपछि तरंगित नहुने कुरै थिएन।

डिज्नीका पूर्व सर्जक डाक्टर डेभिड ह्यान्सनले निर्माण गरेको यो रोवर्टलाई साउदी सरकारले २५ अक्टोबर २०१७ मा नागरिकता दिएको हो।

सोफिया मानवीय आकृति भएको एक ह्युमोनोइड रोबोट हो। हङकङस्थित ह्यानसन रोबटिक्सले सोफियाको निर्माण गरेको हो। सोफियालाई १९ अप्रिल २०१५ मा अमेरिकाको टेक्सासमा पहिलो पटक विश्व सामू प्रस्तुत गरिएको थियो। सोफिया सन् २०१६ को मध्य मार्चमा सार्वजनिक भई। सोफियामा आर्टिफिसियल इन्टिलिजेन्स (कृत्रिम बुद्धि), भिजुअल डाटा प्रोसेसिङ र फेस रिकग्निेशन प्रयोग गरिएको छ। यसको सहायताले बोल्ने, देख्ने, चिन्ने गर्छे। गुगलको अल्बेट कम्पनीले सोफियाको आवाज (भ्वाइज रिकग्निेसन) को निर्माण गरेको हो।

मानिस जस्तै उसले ६२ भन्दा बढि हाउभाउ देखाउन सक्छे। मानिससँग सिधै साक्षत्कार र प्रश्नहरु गर्न सक्ने खुबी उसमा छ। मानवीय समेवदनासँगै ऊ आफ्नो प्रस्तुति दिन सक्छे। त्यसैले ऊ मानवीय समवेदना भएको विश्वको पहिलो मानव निर्मित रोबोट हो।

हेर्नुस भिडियो 

सोफियाको आँखामा कप्युटर क्यामेरा जडान गरिएको छ। जसको सहायताले उसले आकृतिहरु पहिचान गर्न सक्छे। गत जनवरीमा उसलाई पुन: विकासित गरेर हिड्न सक्ने बनाइएको छ। सोफिया वार्तालापका लागि पहिलो पटक निर्माण गरिएको कम्पयूटर प्रोगाम ‘एलिजा’सँग मिल्दो जुल्दो छ। यो सफ्टवेयरले लेखेर दिइएका प्रश्नहरुको जवाफ दिन्छ। जसको मद्दतले रोबोटलाई वार्ता गर्ने, शेयर बजारको उत्तर दिनेलगायतको क्षमता वृद्धि गराउन मद्दत पुर्‍याउछ।

डेभिड ह्यान्सले सोफियालाई स्वास्थ्य, थेरापी, शिक्षा, भीड नियन्त्रणलगायतका क्षेत्रहरुमा प्रयोग गर्न सकिने बताउदै आएका छन्। सोफियालाई सामाजिक कार्यहरुका लागि पनि प्रयोग गर्न सकिन्छ।

सोफियाको अनुहार चर्चित ब्रिटिस अभिनेत्री एड्री हेपबर्नको अनुहारसँग मिल्दोजुल्दो छ।

सोफियाको बारेमा १० बिलियन पटक समाचारहरु पढिएको र हेरिएको छ। यो रोबोटले विश्वका उच्च तहका मानिसँग साक्षत्कार गरेको छ। सोफियाले उद्योग तथा व्यापारिक क्षेत्रको बारेमा आफ्ना धारणाहरु सार्वजनिक गरेकी छे।

अन्तर्वार्ताको क्रममा सोफियाले आफू प्राविधिक रुपमा कुनै लैङ्गिक प्राणी नभएको बताएपनि आफूलाई महिलाको रुपमा संसारले चिनेको उल्लेख गरेकी थिई।

साउदी सरकारले सोफियालाई नागरिकता दिएपछि सोफियाको बारेमा थुप्रै टिप्पणीहरु भए। साउदीमा महिलाहरुलाई एक्लै बाहिर हिड्न बन्देज लगाइएको छ। सेफिया भने कुनै पुरुष अभिभावक बिना हिंडिरहको भन्दै उसको नागरिकताको विषयलाई लिएर अलोचना सुरु भएको छ। साउदी सरकारले मुस्लिम समुदायलाई मात्र नागरिकता दिन्छ। यसले सोफियाको धर्म के हो र ऊ किन मुस्लिम समुदायका महिलाहरुले लगाउने हइजाव लगाउदिन भन्ने प्रश्नहरु पनि उठेको छ।

नागरिकता लिएपछि उक्त देशको कानुन र सर्तहरु मान्नुपर्ने आलोचकहरुको भनाइ छ। सोफियाको विषयमा डेभिड हयान्सनले ऊ साउदीको नागरिकको तर्फबाट विश्वमा महिला अधिकारको बारेमा वकालत गर्ने बताएका थिए। डेभिडको प्रतिक्रियालाई ‘न्यूज विक’ पत्रिकाले ‘कुरा नबुझिए’को भन्दै प्रश्नको जवाफ बङ्गाएको आरोप लगाएको थियो।

सोफिया विकासित हुने क्रममा छे। नयाँ सोचका साथ हिजोको भन्दा आज ऊ विकासित हुदैछे। उसमा नयाँ नयाँ प्रयोग गरिंदै ‘अपग्रेड’गरिंदैछ।

कान्तिपुरबाट

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu